Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राप्रपा नेता लिङ्देन बिरामी, हेलिकप्टरमा काठमाडौं ल्याइँदै


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, मंसिर २५ २०७७
  • 10.3K
    SHARES

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा सांसद राजेन्द्र लिङ्देन बिरामी परेकाछन् । गृह जिल्ला झापाको बीएण्डसी अस्पतालको आईसीयूमा उपचाररत उनलाईबिहीबार नेपाली सेनाको हेलिकप्टरमा काठमाडौं ल्याइँदैछ ।

श्वासप्रश्वासमा समस्या देखिएपछि बिहीबार बिहान बिर्तामोडको विएण्डसी अस्पताल भर्ना भएका लिङ्देनलाई निमोनिया भएको पाइएको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले जन न्युज नेपाल खबरलाई बताए ।

उनका अनुसार स्वास्थ्यमा समस्या देखिएपछि लिङ्देनले तीन दिन बिर्तामोडको कञ्चनजंगा अस्पतालमा उपचार गराएका थिए । त्यसपछि बिहीबार विहान बीएण्डसीमा सारिएको हो । उनलाई हाल अक्सिजन दिएर राखिएको गिरीले बताए ।

बुधबार गरिएको परीक्षणमा उनमा कारोना रिपोर्ट नेगेटिभ आएको छ । तर, सबै लक्षण कोरोना भाइरस संक्रमणसँग मिल्दोजुल्दो देखिएकाले बिहीबार पुनः उनको स्वाब लिइएको छ ।

लिङ्देनका स्वकीय सचिव छत्र कडायतले लिङ्देनलाई सेनाको हेलिकप्टरमा काठमाडौं ल्याइने जन न्युज नेपाल खबरलाई बताए । ‘थप उपचारका लागि मेडिसिटी अस्पतालमा ल्याउँदैछौं’, उनले भने ।

झापामा राजतन्त्रको पक्षमा भएको आन्दोलनमा मंसिर २० गते सहभागी भएका लिंदेनलाई मंसिर २२ गते ज्वरो र खोकीको समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४