Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपालमा हेलिकप्टर सेवा : १० वर्षमा १४ दुर्घटना


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, मंसिर २२ २०७७
  • 2.6K
    SHARES

काठमाडौं । छिनछिनमा परिवर्तन हुने मौसम, पहाडी तथा हिमाली भेगको अप्ठ्यारो भूगोल र पाइलटले लिने साहसिक निर्णयका कारण नेपालमा हेलिकप्टर उडान असुरक्षित बन्दै गएको छ ।नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्यांक अनुसार पछिल्लो १० वर्षमा नेपालमा १४ वटा हेलिकप्टर दुर्घटना भएका छन् । यी दुर्घटनामा कुनै न कुनै प्रकारको क्षति भएको छ । प्राधिकरणले सन् २०१९ सम्मको तथ्यांक संकलन गरी तयार पारेको रिपोर्टअनुसार २०१८ मा सबभन्दा धेरै चारवटा हेलिकप्टर दुर्घटनामा परेका थिए

२०१५, २०१६ र २०१९ मा भने दुई–दुई वटा हेलिकप्टर दुर्घटनामा परेको तथ्यांक छ । २०१९ फेब्रुअरीमा हेलिकप्टर दुर्घटनामै तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको निधन भएको थियो । त्यस वर्ष हेलिकप्टर दुर्घटना ७ जनाको मृत्यु भएको थियो ।

दुर्घटनापछि गठन भएका अधिकांश छानबिन आयोगले हेलिकप्टर दुर्घटनामा मूख्य कारण नेपालको कठिन भौगोलिक अवस्थिति, छिनछिनमा परिवर्तन हुने मौसम र मौसम तथा भूगोलको परवाह नगरी उडान गर्ने पाइलटको निर्णयलाई मुख्य कारण मानेको पाइन्छ ।तत्कालिन पर्यटनमन्त्री रवीन्द्र अधिकारी सवार हेलिकप्टर दुर्घटनामा समेत यस्तै देखिएको थियो । हिमपातको समयमा मौसम खुलेको छोटो समयमा ताप्लेजुङको पाथीभराबाट उडाइहाल्न परेको दबाब र पाइलटले लिएको निर्णय घातक सावित भएको थियो ।

कठिन भौगोलिक क्षेत्रमा प्राकृतिक विपत र दुर्घटनाका बेला उद्दारका तथा ढुवानीमा पनि हेलिकप्टर सबभन्दा प्रभावकारी हुन्छ । भौगोलिक र मौसमको कारणले उडानमा बढी जोखिम पनि यस्तै क्षेत्रमा बढी हुन्छ ।दूर्गम भेगमा पर्यटकीय आकर्षणका कारण पनि हेलिकप्टर प्रयोग बढेको छ । पर्यटकीय सिजनमा खुम्बु, अन्नपूर्ण र हुम्लाको सिमकोट क्षेत्रमा अधिक हेलिकप्टर उडान हुन्छ ।
भूगोल र मौसमलाई गम्भीरतापूर्वक ख्याल गरेर हेलिकप्टर उडाए दुर्घटना कम गर्न सकिने प्रतिवेदनमा उल्लेख छ ।

हेलिकप्टर दुर्घटना र मानवीय क्षति

वर्ष दुर्घटना संख्या मानवीय क्षति
२०१० १ २
२०११ १ –
२०१२ – –
२०१३ १ १
२०१४ १ १
२०१५ २ –
२०१६ २ ७
२०१७ – –
२०१८ ४ ७
२०१९ २ ७

सम्भव छ दूर्घटना न्यूनिकरण

मनाङ एयरका प्रबन्धक राजु न्यौपानेका अनुसार नेपालमा जमिन नजिक उड्ने एयरक्राफ्टलाई मौसम र भूगोलको अवस्थितिबारे यकीन जानकारी दिने प्रणाली छैन ।

काठमाडौंबाट पोखरा उडेको हेलिकप्टरलाई दुई विमानस्थलको मौसमबारे जानकारी हुन्छ, तर इनरुटको मौसमबारे यकीन हुँदैन । अरु जहाज निकै उचाईमा उड्ने हुँदा इनरुटका डाँडाकाँडामा ठोक्किने सम्भावना कम हुन्छ । हेलिकप्टर भने पाइलटले देख्ने भुगोललाई पन्छउँदै उड्नुपर्छ ।नेपालमा सुविधा सम्पन्न हेलिप्याड पनि छैनन् । भएका हेलिप्याडहरुमा सुधार गरेर मानवीय कम, प्रविधिको भर बढी बनाएर दुर्घटना न्यून गर्न सकिने न्यौपाने बताउँछन् । फेरि हेलिकप्टरले त हेलिप्याड नभएको स्थानमा समेत ल्याण्ड गरी बिरामीको उद्धार गर्नुपर्ने हुन्छ ।

त्यसबेला जोखिम स्वतः बढी हुने उनी बताउँछन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४