Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चकलेट किन्न पसल गएकी बालिकाको हत्या


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, मंसिर ९ २०७७
  • 7.2K
    SHARES

 जनकपुरधाम । महोत्तरीको बर्दिबास नगरपालिकामा एक जना बालिकाको हत्या भएको छ । बर्दिवास नगरपालिकाको वडा नम्बर १४ निवासी शहिद आलमकी ६ वर्षीया छोरी गुलाब साह खातुनको हत्या भएको हो ।

उनी आइतबार साँझदेखि वेपत्ता थिइन् । उनको शव सोमबार राति घर नजिकैको खेतमा फेला परेको छ ।

बालिकाको हत्या गरेर बोरामा फ्याँकिएको अवस्थामा राति १ बजेतिर शव फेला परेको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रमुख डिएसपी राजन चापागाईंले जानकारी दिए ।

बालिकाको बलात्कारपछि हत्या गरिएको आशंका स्थानीयले गरेका छन् । यद्यपि प्रहरीले पोष्टमार्टमको रिपोर्ट नआएसम्म केही भन्न नसकिने जनाएको छ ।

पसलेले भने- हत्या मैले गरेको हुँ

बालिकाको हत्याको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौशाला नगरपालिका ५ घर भई बर्दिवासमा किराना पसल सन्चालन गर्दै आएका अरुण कुमार साह छन् ।

२५ वर्षीय साह रक्सी पिएर सोमबार राति गौशाला ५ स्थित घर गएका थिए । उनले आफ्ना परिवारका सदस्यहरुसँग बालिकाको हत्या आफूले गरेको बताएका थिए । ‘यो कुराको जानकारी पाउनासाथ हाम्रो टोलीले उनलाई नियन्त्रणमा लिएर सोधपुछ गर्यो,’ इलाका प्रहरी कार्यालय गौशालाका प्रमुख प्रहरी निरीक्षक प्रकाश रेग्मीले भने, ‘उनले हत्या गरेको स्वीकारेका छन् ।’

चकलेट किन्न गएकी बालिकालाई लुकाएर साहले हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनले बलात्कार गरेर हत्या गरेका हुन् कि होइनन् भन्ने कुराको अनुसन्धान भने भइरहेको छ ।

 विरोध प्रदर्शन

रातारात साहलाई बर्दिवास लिएर प्रहरी आएपछि उनले बालिकाको शव देखाएको प्रहरीको भनाइ छ ।

बालिकाको शव फेला परेपछि बर्दिवासका बासिन्दाले मंगलबार बिहानैदेखि विरोध प्रदर्शन थालेका छन् । उनीहरुले पूर्व–पश्चिम राजमार्गमा टायर बालेर सडक अवरुद्ध गराउनुका साथै बजार पनि बन्द गराएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४