Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राष्ट्रीय संगितकर्मी संघ गण्डकी प्रदेशको दोश्रो अधिवेशन सम्पन्न


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, मंसिर ८ २०७७
  • 10.9K
    SHARES

पोखरा / लाखौं कलाकारहरुको छाता संगठनको रुपमा परिचित राष्ट्रीय संगितकर्मी संघ नेपालको गण्डकी प्रदेश कार्यसमितीको दोश्रो अधिवेशन गत शनिवार गण्डकी प्रदेशको राजधानी पर्यटकिय नगरी पोखरामा सम्पन्न भएको छ।उक्त अधिवेशनबाट कृष्ण प्रसाद गौतमको नेतृत्वमा ३० सदस्यीय नयां कार्यसमिती सर्वसम्मतिले निर्वाचित भएको छ।
करिब एक सयभन्दा बढि कलाकार एवं संगितप्रेमी उपस्थित भई सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथीको रुपमा संस्थाका केन्द्रीय महासचिब बिक्रमजंग साह , विशेष अतिथीको रुपमा संस्थाका केन्द्रीय सदस्य सन्तोष अधिकारी, अतिथीको रुपमा केन्द्रीय सदस्य रिना थापा मगर, शिवम डिजिटलका संचालक शिब भुर्तेल लगायत हुनुहुन्थ्यो।कार्यक्रमको अध्यक्षता संस्थाका गण्डकी प्रदेश अध्यक्ष यज्ञ सापकोटाको विशेष कारणबस अनुपस्थितीका कारण बरिष्ठ उपाध्यक्ष टंक डुम्रेले गर्नुभएको थियो भने कार्यक्रम संचालन महासचिब कृष्ण प्रसाद गौतमले गर्नुभएको थियो।

उद्घाटन सत्र र बन्द सत्र गरि दुइ पाटोमा बिभाजन गराई सम्पन्न भएको उक्त कार्यक्रममा आफ्नो धारणा राख्दै प्रमुख अतिथी बिक्रमजंग साहले कलाकारहरु एकजुट भएर अगाडी बढ्नुको बिकल्प नरहेको बताउनुभयो।त्यस्तै विशेष अतिथी केन्द्रीय सदस्य सन्तोष अधिकारीले आफ्नो धारणा राख्दै राष्ट्रीय संगितकर्मी संघ मात्रै कलाकारहरुको हक हितका लागि लड्न सक्ने एक मात्र संस्था भएकोले सम्पुर्ण कलाकारहरुलाई आवद्द हुन आग्रह गर्नुभयो।
छोटो समयमै उद्घाटन सत्र सकाएर बन्द सत्रमा प्रवेश गरेको उक्त अधिवेशनबाट ३० सदस्यीय नयां कार्यसमिती सर्वसम्मतिले निर्वाचित भएको छ।जसमा

१,अध्यक्ष् कृष्ण प्रसाद गौतम ।
२,बरिस्ठ उपाध्यक्ष प्रशान्त सुनार।
३,प्रथम उपाध्यक्ष करण तामाङ्।
४,दितीय उपाध्यक्ष अनिता पन्त ।
५,महिला उपाध्यक्ष लक्ष्मी नेपाली ।
६,महासचिब शंखर ढकाल ।
७,सचिब बालकृष्ण शर्मा ।
८,महिला सचिब पवित्रा काफ्ले ।
९,सचिब अर्जुन सापकोटा।
१०,कोषाध्यक्ष मिठु झा ।
११,सह(कोषाध्यक्ष प्रतिमा भट्टराई ।
१२,सह(कोषाध्यक्ष गंगा पौडेल ।
१३,सह(कोषाध्यक्ष शुरेस भुर्तेल।
१४,सदस्य श्रीकृष्ण सिग्देल ।
१५,सदस्य गम बहादुर न्यौपाने।
१६,सदस्य अम्बिका भण्डारी ।
१७,सदस्य कल्पना सिग्देल ।
१८,सदस्य किरण शर्मा।
१९,सदस्य संगम शर्मा ।
२०,सदस्य प्रज्वल भित्रकोटि।
२१,सदस्य रामकुमार थापा मगर।
२२,सदस्य पुजा गुरुङ।
२३,सदस्य गोबिन्द प्रसाद अधिकारी।
२४,सदस्य बिरु बस्याल ।
२५,सदस्य सुजिता राना ।
२६,सदस्य डीबी मजाकोटी।
२७,सदस्य लिला पौडेल ।
२८,सदस्य खिमलाल देबकोटा ।
२९,सदस्य पूर्ण वाग्ले इतिहास ।
३०,सदस्य समीक्षा घर्ति।

रहनुभएको छ। निर्वाचित भइसकेपछि छोटो मन्तब्य राख्दै नवनिर्वाचित अध्यक्ष कृष्ण प्रसाद गौतमले प्रमुख अतिथी, विशेष अतिथी, अतिथीहरु, प्रतिनिधि एवं निर्वाचन मन्डलका सदस्यहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४