Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रेमडिसिभिर नेपालमा प्रयोग गर्ने कि नगर्ने ?


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, मंसिर ७ २०७७
  • 3K
    SHARES

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले प्रयोग नगर्न सुझाएको रेमडिसिभिरले नेपालमा भने राम्रै नतिजा दिएको चिकित्सकहरुले बताएका छन् ।

अमेरिकी फुड एण्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए)ले अपतकालीन प्रयोगका लागि अनुमति दिएको रेमडिसिभिर नेपालमा क्लिनिकल ट्रायलका रुपमा प्रयोग भइरहेको छ । राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद (एनएचआरसी)सँग समन्वय गरेर अस्पतालहरुले गम्भीर अवस्थाका कोरोना संक्रमितलाई यो औषधि प्रयोग गर्दै आएका थिए ।

तर हालैमात्र डब्ल्यूएचओ रेमडिसिभिरको ठूलो साइड इफेक्ट नदेखिएपनि गम्भीर प्रकृतिका संक्रमितको स्वास्थ्यमा सुधार आएको कुनै प्रमाण नरहेको स्पष्ट पारेको छ ।

एनएचआरसीका सदस्य सचिव डा. प्रदीप ज्ञवाली भने नेपालमा रेमडिसिभिरको क्लिनिकल ट्रायलले राम्रो नतिजा दिएको बताउँछन् । ठाउँ र क्षेत्र अनुसार त्यसको निष्कर्ष फरक रहेको भन्दै भन्छन्, ‘हामीले प्रारम्भिक रिपोर्ट स्वास्थ्य मन्त्रालयलाई बुझाएका छौं, छिट्टै पूरा रिपोर्ट सार्वजानिक गर्छौं ।’

रेमडिसिभिर प्रयोग गरिरहेका शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, त्रिवि शिक्षण अस्पतालका साथै निजी अस्पतालका चिकित्सकहरु पनि राम्रै नतिजा दिइरहेका बताउँछन् । ‘हाम्रोमा रेमडिसिभिरले राम्रै नतिजा दिएको छ’ टेकु अस्पतालका एक चिकित्सक भन्छन्, ‘एनएचआरसीले प्रयोग नगर्नु भन्यो भने रोक्छौं ।’

तर डब्ल्यूएचओको सिफारिसपछि यसलाई प्रयोग गर्ने नगर्ने भन्ने विषयमा विज्ञ कमिटीमा छलफल गरेर निष्कर्ष निकाल्ने एनएचआरसीका प्रमुख डा. प्रदीप ज्ञवाली बताउँछन् । उनी भन्छन्, ‘यो विषयमा हामी छिट्टै निर्णय गर्छौं ।’

इबोलाका बिरामीमा पनि प्रयोग गरिएको रेमडिसिभिर ट्रायलको नतिजा अमेरिकामा पनि राम्रो देखिएको भन्दै एफडीएले आपतकालीन प्रयोगका लागि स्वीकृति दिएको थियो ।

नेसनल इन्स्टिच्युट अफ एलर्जी एण्ड इन्फेक्सियस डिजिज (एनआईएआईडी)का अनुसार अमेरिकाका अस्पतालमा भर्ना भएका एक हजार ६३ कोरोना संक्रमितमा गरेको अध्ययनमा अरु औषधिभन्दा यो एन्टिभाइरल प्रयोग गरेकाहरूमा प्रभावकारिता राम्रो भएको र चाँडो निको भएको छ । यो परीक्षणलाई ‘एडप्टेड कोभिड–१९ ट्रिटमेन्ट ट्रायल’ (एसीटीटी) नाम दिइएको थियो ।

पहिलो एसीटीटी ट्रायलको रुपमा कोभिड(१९ संक्रमित भएको ‘डाइमण्ड प्रिन्सेस’ नामक पानी जहाजबाट यात्रा गरेर क्वारेन्टिनमा बसेकाहरुमा यो एन्टिभाइरल प्रयोग गरिएको थियो । विभिन्न क्लिनिकल ट्रायलको निष्कर्षअनुसार रेमडिसिभिर औषधिले जटिल अवस्थामा पुगेका बिरामीको स्वास्थ्यमा आंशिक सुधार ल्याउँछ, तर पूर्ण निको भने पार्दैन । त्यसैले गम्भीर अवस्थाका कोरोना संक्रमितलाई रेमडिसिभिर प्रयोग गर्न थालिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४