Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

वीरगञ्जको सीमा क्षेत्रमा तस्कर र प्रहरीबीच झडप, असई घाइते


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, मंसिर ७ २०७७
  • 5.7K
    SHARES

वीरगञ्ज । भारतको रक्सौलबाट भन्सर छलेर अवैध रुपमा कपडा भित्र्याउने समूह र प्रहरीबीच वीरगञ्जको सीमा क्षेत्रमा आइतबार झडप भएको छ ।

झडपमा अस्थायी प्रहरी चौकी इनर्वाका प्रहरी सहायक निरीक्षक (असई) जयप्रकाश पाण्डे सामान्य घाइते भएका छन् । असई पाण्डेको नाकमा चोट लागेको प्रहरीले जनाएको छ । नारायणी अस्पतालमा उनको उपचार गरिएको छ ।

झडपमा संलग्न रहेको आरोपमा प्रहरीले २२ वर्षीय मुन्ना भनिने एक युवक र ४० वर्षीया आइसा खातुनलाई पक्राउ गरेको छ । प्रत्यक्षदर्शीका अनुसार कपडा बोकेर आउने महिला समूहलाई नियन्त्रणमा लिन असई पाण्डे दुईजना प्रहरीसहित खेतमा लुकेर बसेका थिए । करिब साढे दुई बजेको समयमा भारततर्फबाट कपडा बोकेर आएका दुईजना महिलालाई नियन्त्रणमा लिन खोज्दा उनीहरुबीच तानातान भएको थियो ।

त्यसक्रममा चोट लागेपछि असई पाण्डेको नाकबाट रगत बग्न थाल्यो । असई पाण्डेले आफूलाई गोली लागेको भनेर माथिल्लो निकायमा जानकारी गराएका थिए । तस्करलाई रोक्न खोज्दा सीमा नजिकैको उखु बारीबाट एक राउण्ड गोली फायर भएको र आफूलाई त्यसको छर्रा लागेको असई पाण्डेको दाबी छ । बन्दुक भने तस्करले सिमापारी नै फालेको उनको भनाइ छ ।

गोली नै चलेको भन्ने खबर आएपछि जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी प्रमुख प्रहरी उपरीक्षक एसपी गंगा पन्त, प्रहरी नायब निरीक्षक मनोजित कुँवर सहितको टोली थप प्रहरी लिएर इनर्वा प्रहरी चौकी पुगेका थिए ।

प्रहरी नायब उपरीक्षक कुँवरले गोली प्रहार नभएको बताएका छन् । ‘तस्करी गरेर ल्याएको कपडाको पोका खोस्ने क्रममा असइको नाकमा सानो चोट लागेको छ,’ उनले भने ‘ गोली नै चलेको त हैन, तानातान भइरहेको समयमा कुनै बस्तुले आएर नाकमा लागेको हुन सक्छ, सानो गोलो घाउ छ ।’

घटनास्थल क्षेत्रकाका बासिन्दाले भने दुई पक्षबीच ‘आर्थिक लेनदेन’मा कुरा नमिल्दा झडप भएको बताएका छन् । सादा पोसाकमा रहेका असइ पाण्डेले कपडा छोड्नका लागि प्रत्येक महिलासँग ५ सय रुपैयाँ मागेका थिए । उनीहरुले सय रुपैयाँभन्दा बढी दिन नमानेपछि प्रहरीले कपडा खोसेको थियो । असइ पाण्डेले भने आफूले एक पैसा पनि नमागेको बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४