Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रदेश सरकारले चलाउन सकेन तरकारी बजार, सहकारीलाई जिम्मा दिने तयारी


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, मंसिर ७ २०७७
  • 8.1K
    SHARES

 विराटनगर । कटहरी गाउँपालिकामा निर्माण गरिएको तरकारी बजार सञ्चालन गर्न नसकेपछि प्रदेश १ सरकारले सहकारीलाई जिम्मा लगाउने भएको छ ।

उद्घाटन भएको २१ महिनासम्म बजार सञ्चालन गर्न नसकेपछि कार्यविधि संशोधन गरेर सहकारीलाई दिने तयारी गरेको हो ।

निर्माण सम्पन्न भएको करिब ६ महिनापछि २०७५ चैत ३ गते आधुनिक तरकारी तथा फलफूल बजारको चाबी प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश सरकारलाई हस्तान्तरण गरेका थिए । तर त्यसको २१ महिनासम्म प्रदेश सरकारले बजार सञ्चालन गर्न सकेन ।

त्यसपछि तरकारी बजार सञ्चालनका लागि प्रदेश सरकारले सहकारीहरुबाट बोलपत्र आह्वान गयो । बोलपत्र प्रकाशित भएपछि कटहरी गाउँपालिका–१ को विराट कृषि उत्पादन तथा बजारीकरण विशिष्टीकृत सहकारी संघले मात्र प्रस्ताव दर्ता ग¥यो । सो सहकारी छनोट पनि भएको छ । तर बजार सञ्चालनमा स्थानीयले भूमिका खोजेपछि कार्यविधि परिमार्जन गर्न लागिएको हो ।

असारमा दर्ता साउनमा विज्ञापन

लकडाउनको समयमा किसानको बारीमा तरकारी सड्न थालेपछि जिल्ला सहकारी संघ मोरङको अगुवाइमा केही दिन बन्द अवस्थामा रहेको तरकारी बजारमा स्टल राखेर कृषि उपज बिक्री गर्न थालिएको थियो ।

बजारको संरचना प्रयोगविहीन भएपछि सहकारी सञ्चालकले बजार सञ्चालन गर्ने भन्दै ९ असार २०७७ मा विशिष्टीकृत सहकारी दर्ता गरेका थिए । प्रदेश सहकारी रजिष्टार कार्यालयमा दर्ता भएको सहकारीको दर्ता नम्बर २ छ ।

‘गुद्रीका ब्यापारीका लागि भन्दै निर्माण गरिएको बजारमा व्यापारी आएनन्’ स्रोत भन्छ ‘अन्य व्यवसायीलाई ल्याउन खोजियो तर आएनन्, बजार सञ्चालनका लागि सहकारी दर्ता भयो र सोही अनुसर प्रस्ताव आह्वान पनि गरियो ।’

जिल्ला सहकारी संघ मोरङका अध्यक्ष तथा विराट कृषि उत्पादन तथा बजारीकरण विशिष्टीकृत सहकारी संघका सल्लाहकार डिल्ली पोखरेलले कृषकले उत्पादन गरेको सामाग्री सहज रुपमा उपभोक्तासम्म पु¥याउन बजार सञ्चालनको तयारी गरिएको बताए ।

उनका अनुसार संघमा विभिन्न जिल्लाका सहकारी आवद्ध भएका छन् । सहकारी मार्फत गाउँ गाउँमा संकलन भएका सामाग्रीलाई सहज रुपमा उपभोक्तासम्म पुर्याउने उनले बताए ।

गुद्रीका व्यापारी आफ्नै बजारमा

विराटनगर गुद्रीका व्यापारीलाई लक्षित गरी निर्माण गरिएको बजारमा व्यापारी जान नमानेपछि प्रयोगविहीन भएको हो । विराटनगर गुद्रीका व्यापारीले भने बजारलाई बसपार्क छेउमा रहेको निजी जमिनमा सारेका छन् ।

विराटनगरसँगै जोडिएको कहटरी गाउँपालिकामा रहेको ५ बिघा २ धुर क्षेत्रफलमा निर्माण गरिएको बजार सञ्चालनका लागि प्रदेश सरकारले पटक पटक प्रयास गरेको थियो । तर सरकारको प्रयास सफल भएन ।

आधुनिक तरकारी तथा फलफूल बजारमा खुद्रा तथा थोक बिक्री कक्ष, क्यान्टिन, क्लिनिक, बैंक, किसानलाई आराम कक्ष, प्रशासनिक भवन, शौचालय, पार्किङलगायतका पूर्वाधार निर्माण गरिएको छ । तर प्रयोग नहुँदा भवन निर्माण गरिएको क्षेत्रमा झार उम्रिएको छ ।

प्रदेश १ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका वरिष्ठ कृषि अधिकृत पशुपति पोखरेलका अनुसार बजार सञ्चालनका लागि कार्यविधि पास भएपछि सहकारीसँग सम्झौता हुनेछ ।

उनका अनुसार सहकारीले बजार सञ्चालनको जिम्मेवारी लिदा स्थानीयले सहभागिता खोजेपछि कार्यविधि परिमार्जन गर्न लागिएको छ । ‘क्याबिनेटबाट कार्यविधि पास भएपछि बजार सञ्चालनको बाटो खुल्छ’ उनले भने, ‘हप्ता दश दिनमा प्रस्ताव क्याबिनेटमा जानेछ ।’

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयअन्तर्गतको तत्कालिन व्यबसायिक कृषि तथा व्यापार आयोजनाले स्थानीय जनप्रिय माध्यमिक विद्यालय कटहरीको ४ विघा २ कठ्ठा २ धुर र १८ कठ्ठा ऐलानी जग्गामा १३ करोड ७६ लाख ५४ हजार ७ सय १० रुपैया“ (भ्याट बाहेक) लागतमा बजार निर्माण गरेको थियो । भवन निर्माणको ठेक्का रमन–लामा जेभी कन्स्ट्रक्शनेले पाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४