Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कोरोनाका नाममा ब्रम्हलुट : एउटा साबुनको मुल्य ३ हजार ८३१ रुपैयाँ !


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, मंसिर ४ २०७७
  • 4.8K
    SHARES

सप्तरी । ‘एउटा लाइफबोय साबुनको मूल्य कति ?’ बिक्रेताहरुका अनुसार ९५ ग्रामको खुद्रा मूल्य ३० रुपैयाँ र १२५ ग्राम तौल भएको साबुनको ३५ रुपैयाँ पर्छ ।

तर यही साबुनका लागि सप्तरीको एउटा स्थानीय तहले ३ हजार ८३१ रुपैयाँ ४२ पैसाको बिल बनाएको छ ।

बोदे बर्साइन नगरपालिकाले कोरोना महामारीका समयमा २ करोड २१ लाख ३४ हजार ३ रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गरेको छ, जसमा स्यानिटाइजर, साबुन, झुल, म्याट्रेस, मास्क, पञ्जा लगायतका सामाग्री खरिद गरिएको छ ।

साबुनको मुल्यमा मनपरी

नगरपालिकाको कार्यालयले प्रमाणित गरेको खर्च विवरणमा साबुनको शुल्क मनमरी राखेको पाइएको छ ।

चैत २२ गते ९५ पिस लाइफाबोय साबुन खरिद गरिएको छ, जसको मूल्य ३ लाख ६३ हजार ९८५ रुपैयाँ छ । यसअनुसार एउटा साबुनको मुल्य ३ हजार ८३१ रुपैयाँ ४२ पैसा पर्छ ।

चार दिनपछि ११४० पिस साबुन किनिएको छ, जसको मूल्य ४ लाख ३१ हजार ९५५ रुपैयाँ छ । यसअनुसार एउटा साबुनको मुल्य २९९ रुपैयाँ ९६ पैसा पर्‍यो ।

चैत ३१ गते फेरि ६९१२ पिस लाइफबोय साबुन किनिएको छ र २ लाख ३ हजार ८०६ रुपैयाँ खर्च देखाइएको छ । यसअनुसार एउटा साबुनको २९ रुपैयाँ ४९ पैसा पर्‍यो ।

यसबारे प्रश्न गर्दा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गजेन्द्रनाथ शर्माले खर्च विवरणमा प्रिन्ट मिस्टेक भएको तर्क गरे । २२ चैतमा खरिद गरिएको साबुन ९५ पिस नभई कार्टुन भएको उनको दाबी छ । तर ९५ कार्टुन साबुन किनेको भए चार दिनपछि नै ६९१२ पिस किन खरिद गरियो भन्ने जवाफ उनीसँग छैन ।

मूल्य पनि त्यसअनुसार मिल्दैन ।

नगरपालिकाको हिसाब गडबड साबुनमा मात्र छैन, स्यानिटाइजर लगायतको मुख्यमा पनि छ ।

खर्च विवरणमा २२ चैतमा ७ लाख ७ हजार १९२ रुपैयाँमा २८०४ पिस स्यानिटाइजर खरिद गरेको उल्लेख छ ।

चार दिनपछि नगरपालिकाले फेरि २ हजार ४० पिस स्यानिटाइजर किनेको छ र यसको ६ लाख २२ हजार ४४० रुपैयाँको हिसाब देखाइएको छ । चार दिनको अन्तरमा एक पिस स्यानिटाइजरको मूख्यमा ४७ रुपैयाँ ४५ पैसा फरक परेको छ ।

नगरपालिकाले २८ वैशाखामा ७५ पिस पीपीई गाउन (सिम्पल) किनेको छ, जसको मूल्य २७ लाख ५२ हजार ५०० राखिएको छ । यसहिसावले एक पिस पीपीई सेटको ३६ हजार ७०० रुपैयाँ परेको छ । जुन बजार मूल्यभन्दा अत्याधिक धेरै हो ।

एक पिस सर्जिकल मास्कको मुल्य झण्डै ८० रुपैयाँ छ भने पञ्जाको मुल्य ७०० बढी राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४