Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विराटनगरका छठघाट सुनसान, छाडिएन नहरमा पानी


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, मंसिर ४ २०७७
  • 6.2K
    SHARES

 विराटनगर । तिहारलगत्तै सुरु हुने छठ पूजाको तयारीका लागि खोला, नहर र पोखरी सिँगार्ने काम सुरु हुने गर्छ । यो वर्ष भने छठ सुरु भइसके पनि विराटनगरका घाटहरु सुनसान छन् ।

कोरोना संक्रमणको जोखिम रहेकाले श्रद्धालु भक्तहरुले घरमै पूजाको तयारी गरिरहेका छन् । कोरोना संक्रमणलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले पनि सुरक्षित रुपमा चाडपर्व मनाउन अनुरोध गरेको छ । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काका अनुसार सर्वसाधारणले घरमै बसेर छठ मनाउने तयारी गरेका छन् । छठ पर्व मनाउनका लागि सधैं सुनसरी मोरङ सिँचाइ आयोजनाको नहरमा पानी छाडिन्थ्यो । तर यो पटक भने नहरमा पानी आएको छैन ।

स्थानीय प्रशासनले पानी नछाड्न सुनसरी मोरङ सिँचाइ आयोजनालाई आग्रह गरेको थियो । तर मोरङका सहायक प्रमुख जिल्ला अधिकारी खड्काका अनुसार धान काट्ने सिजन भएकाले तत्काल पानी नछाड्न सर्वसाधारणले नै आयोजनालाई आग्रह गरेका छन् ।पानी भएका खोला र पोखरीका किनारमा पनि कुनै रौनक छैन । नत्र यतिबेला छठ पूजाका लागि सरसफाइ गर्ने, सिँगार्ने, झिलिमिली बनाउने र भजनले गुन्जायमान हुन्थ्यो ।भीडभाड गर्दा सक्रमणको जोखिम उच्च हुने भएकाले अर्घ दिनमात्र घाटमा जाने तयारी विराटनगरवासीले गरेका छन् । आस्था र विश्वासको पर्व छठ अहिलेको अवस्थामा सुरक्षित रुपमा घरमा मनाउनु सबैको हितमा छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४