Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सचिवालय सदस्यले सामूहिक राजीनामा दिऔं : विष्णु पौडेल


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, मंसिर ३ २०७७
  • 2.7K
    SHARES

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले सचिवालय समितिका सबैले सामूहिक राजीनामा दिनुपर्ने प्रस्ताव गरेका छन् ।

अहिलेको नेतृत्वबाट पार्टी अगाडि बढ्ने संभावना नरहेको भन्दै उनले बुधबारको सचिवालय समितिको बैठकमा सामूहिक राजीनामाको प्रस्ताव गरेका एक सचिवालय सदस्यले जानकारी दिए । पौडेलले सचिवालयका नौ जनाले नै सामूहिक राजीनामा दिएर नयाँ नेतृत्व तयार पार्नुपर्ने प्रस्ताव गरेका थिए ।

‘यो टीमले पार्टीलाई अगाडि लैजान सक्दैन । नयाँ शिराबाट नेतृत्व निर्माण गर्न हामी सवैलाई सामूहिक राजीनामा दिऔं’, पौडेलको प्रस्ताव थियो ।

प्रतिवेदन लेख्न ओलीले मागे १० दिन

बुधबारको सचिवालय समितिमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले तथ्यपरक प्रतिवेदन ल्याउने बताएका छन् । बुधबार बसेको सचिवालय बैठकमा आफूलाई प्रतिवेदन लेख्न समय लाग्ने बताए ।

‘मलाई तथ्यपरक प्रतिवेदन लेख्न समय लाग्छ । म माथि लागेको गम्भीर आरोपहरुको खण्डन नगरी अगाडि बढ्न सकिन्न’, प्रधानमन्त्रीको भनाइ थियो । बैठक स्रोतका अनुसार, प्रधानमन्त्री ओलीले राखेको प्रस्ताव अनुसार, दश दिनका लागि सचिवालय बैठक स्थगित गरिएको छ ।

अर्थात्, दश दिन लगाएर प्रधानमन्त्री ओलीले छुट्टै प्रतिवेदन ल्याउनेछन् । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रबारकै बैठकमा छुट्टै प्रतिवेदन पेश गरेका छन् ।

प्रचण्डको प्रतिवेदन प्रति ओलीले आपत्ति जनाउँदै आएका छन् । ओलीले प्रचण्डको पत्रको जवाफ नै नदिने नेताहरुलाई बताएका थिए । तर, प्रचण्डले पेश गरेको पत्रको जवाफ प्रधानमन्त्रीले तयार पार्ने भएका छन् ।

ओलीले छुट्टै प्रतिवेदन तयार पारेपछि बैठकमा प्रस्तुत भएका सवै प्रस्तावमाथि मंसिर १३ मा बस्ने सचिवालयले छलफल गर्नेछ । आजको सचिवालय बैठकले स्थायी कमिटी बैठक बोलाएको छ भने केन्द्रीय कमिटी बैठक सारेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४