काठमाडौं / कोरोना संक्रमणबाट रामेछाप जिल्ला गोकुलगंगा गाउँपालिका–वाड नम्बर ४ बेताली निवासी ७१ बर्षिय रामकृष्ण भण्डारीको शुक्रवार निधन भएको छ । रामेछाप गोकुलगंगा गाउँपालिका–वडा नम्बर ४ बेताली निवासी ७१ बर्षिय रामकृष्ण भण्डारीको वीरेन्द्र सैनिकअस्पताल छाउनीमा उपचारको क्रममा निधन भएको हो । बेताली घर भएका भण्डारी बिगत लामो समय देखि नै काठमाडौंको चावहिल स्थित आफ्नै घरमा बसोबास गर्दै आउनुभएको थियो । भने केहि समय अगाडी उहालाई उपचारको लागि वीरेन्द्र सैनिकअस्पताल छाउनीमा भर्ना गरेर उपचार गरिएको थियो । भण्डारीको शुक्रवार दिउसो उपचारको क्रममा मृत्यु भएको बताउनुभयो । उहाको आफन्तले जन न्युज नेपाल खबरलाई जानकारी गराउनु भएको थियो । 
शुक्रवार कोरोनाबाट देशभर गरी ६ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले बताएको छ । कोरोनाबाट हालसम्म रामेछापका चार जनाको मृत्यु भइसकेको छ ।