Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

डा. केसीमा हृदयाघातको जोखिम


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असोज २३ २०७७
  • 8K
    SHARES

काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग राख्दै आमरण अनशनरत् डा. गोविन्द केसीमा हृदयाघातको जोखिम देखिएको छ ।डा. केसीको उपचारमा संलग्न त्रिवि शिक्षण अस्पतालका चिकित्सक सुवासप्रसाद आचार्यले शुक्रबार स्वास्थ्य बुलेटिन जारी गर्दै उहाँको मुटुको चाल अनियमित रहेको, धड्कन असन्तुलित रहेकाले कुनैबेला मुटुको चाल रोकिएर हृदायाघात हुने जोखिम रहेको जानकारी दिनुभयो ।

उहाँले डा. केसीको इच्छाविपरीत कुनैपनि समयमा औषधि चलाउनुपर्ने अवस्था आउनसक्ने पनि बताउनुभएको छ ।डा. केसीलाई छाती दुख्ने, थकान हुने, सास फेर्न गाह्रो हुने, चक्कर लाग्ने समस्या भएको तथा उहाँको दायाँ छातीमा निमोनियाको लक्षण देखिएको डा. आचार्यद्वारा जारी स्वास्थ्य बुलेटिनमा उल्लेख गरिएको छ ।

केसीको रगतमा सेतो रगतको मात्रा अत्यन्तै कम भएको साथै रगतमा सुगरको मात्रा पनि कम भएको छ ।यस्तै, रगतमा सोडियम, पोटासियम, क्याल्सियम र फोस्फोरस अत्यन्तै कम रहेका कारण इन्फेक्सन हुने जोखिम बढेको उल्लेख गरिएको छ ।डा. केसीको शुक्रबारै छातीको सिटी स्क्यान र एक्सरे गरिएको छ । उहाँकोे रक्तचाप घटेर ९०/४०, कहिले ११०/६० हुने गरेको स्वास्थ्य बुलेटिनमा उल्लेख गरिएको छ ।

डा. केसीले छबुँदे माग राखेर गएको भदौ २९ गते जुम्लाको चन्दननाथ-६, रानीचौरमा रहेको बाबिरा मन्दिरमा १९औं सत्याग्रह सुरु गर्नुभएको थियो । आठौं दिनमा काठमाडौं आउनुभएका उहाँले शिक्षण अस्पतालमा आफ्नो सत्याग्रह कायम राख्नुभएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४