Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ललितपुर महानगरका मेयर कोरोनामुक्त


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असोज २२ २०७७
  • 6K
    SHARES

ललितपुर / ललितपुर महानगरपालिकाका प्रमुख  चिरीबाबु महर्जन कोरोना संक्रमणमुक्त भएका छन् ।

महर्जनका स्वकीय सचिव इन्द्र बज्राचार्यका अनुसार बुधबार दिउँसो चार बजे उनको कोरोना परीक्षण नतिजा नेगेटिभ आएको छ । स्वकीय सचिव बज्राचार्यले भने, ‘मेयर सापको नतिजा नेगेटिभ आयो । अब उहाँ छिट्टै महानगरपालिका कार्यालयमा उपस्थित हुनुहुनेछ ।’

यही असोज ८ गते ज्वरो आउने र खोकी लाग्ने समस्या भएसँगै पाटन अस्पतालमा स्वाब परीक्षण गराउँदा शुक्रबार मेयरमा कोरोना पोजेटिभ देखिएको थियो । असोज ९ देखि १५ गतेसम्म निजी निवासमा रहेका महर्जन १६ गते छातीमा समस्या देखिएसँगै सानेपाको स्टार अस्पताल भर्ना भएका थिए ।

यसैगरी बुधबार दिउँसो नै गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन र सोमबार महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठ कोरोना संक्रमणमुक्त भएका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४