Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘लाइन लगाएर नयाँ नोट बाँड्ने सम्भावना कम छ’


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, असोज २१ २०७७
  • 7.3K
    SHARES

काठमाडौं । दशैं नजिकिएसँगै नयाँ नोट पाइन्छ कि पाइँदैन भन्ने सर्वसाधारणमा चासो बढेको छ । हरेक वर्ष दशैं अगाडि नयाँ नोट वितरण गर्दै आएको नेपाल राष्ट्र बैंकले यस वर्ष भने विगतको जसरी बाँड्न नसकिने बताएको छ ।

नयाँ नोट स्टकमा रहेको तर वितरण कुन तरिकाले गर्ने भन्ने निर्णय भने गर्न बाँकी रहेको राष्ट्र बैंकले बताएको छ । यद्यपि विगतको जस्तै राष्ट्र बैंक अगाडि लाइन लगाएर दिने सम्भावना कम रहेको राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले बताए । कोरोना भाइरस (कोभिड–१९) को जोखिम दिनप्रतिदिन बढिरहेको अवस्थामा विगतको जस्तो राष्ट्र बैंकमै बोलाएर लाइन लगाएर वितरण गर्दा कोरोना सर्ने जोखिम हुने भएकाले नयाँ विकल्प सोचिने प्रवक्ता भट्टले बताए ।

बैंकहरुलाई भने राष्ट्र बैंकले नयाँ नोट उपलब्ध गराउने उनले जानकारी दिए । ‘कोरोनाको कारण विगतको जसरी बाँड्ने सम्भावना कम छ, सम्भवतः बैंकहरुले पनि विगतको जसरी बाँड्दैनन् होला,’ उनले भने, ‘नयाँ नोट दिने भन्ने कुरा त हो तर कुन विधि अपनाएर वितरण गर्ने भन्ने निर्णय हुन् बाकी  नै छ ।’

दशैंको दक्षिणा दिनका लागि नयाँ नोट वितरण गर्ने चलन चल्दै आएको छ । विगतमा राति उज्यालो नहुँदै सर्वसाधारणहरु नयाँ नोट साट्नका लागि राष्ट्र बैंकको कार्यालय अगाडि गएर लाइन लाग्ने गर्दथे । दशैंमा नयाँ नोट वितरण गर्दा नोटको आयु घटेको भन्दै राष्ट्र बैंकले दशैंबाहेकका अन्य चाडपर्वहरुमा पनि वितरण गर्ने गरेको छ । तर सर्वसाधारणले भने नयाँ नोट लिन दशैं नै कुर्ने गरेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४