Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

 यो पटक अग्रिम टिकटको व्यवस्था नहुने, यात्रुहरु अन्योलमा


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असोज २० २०७७
  • 6K
    SHARES

काठमाडौं : दसैंमा  लामो र मध्यम दूरीका यातायातको अग्रिम टिकट बुकिङ खुल्ने विषय अन्योलमा परेको छ। यातायात व्यवस्था विभागले यात्रुको चापको अवस्थालाई हेर्दा अग्रिम टिकट बुकिङको आवश्यकता नै नपर्ने देखिएको बताएको छ। विभागका निर्देशक डा लोकनाथ भुसालले अग्रिम टिकट बुकिङ खुला गर्ने वा नगर्ने सम्बन्धमा व्यवसायीहरुसँग छलफल गरेर मात्रै निर्णयमा पुगिने बताए।

यस वर्षको दसैंमा ४/५ लाखको संख्यामा मात्रै यात्रु बाहिरिने देखिएकोले अग्रिम टिकट बुकिङ आवश्यक नपर्ने देखिएको उनले बताए। अहिले पनि काठमाडौंबाट मध्यम र लामो दूरीका सवारी साधनमा आधा संख्यामा पनि यात्रु उपलब्ध नभएको पाइएको उनले बताए।  तर २५ गतेपछि यात्रुको संख्या बढ्ने सम्भावना देखिएकाले टिकङ बुकिङको व्यवस्था कसरी मिलाउने भन्ने सम्बन्धमा व्यवसायीहरुसँग छलफल गरी टुङ्गोमा पुगिने उनको भनाइ छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले (कोभिड१९ )संक्रमणको स्थितिलाई हेरेर आफू जहाँ छौं त्यहीँ दसैं मनाउन अर्थात् यात्रा नगर्न आग्रह गरेकाले पनि मानिसहरुको आवागमन कम हुने आकलन आफूहरुको रहेको भुसालले बताए। तर अग्रिम टिकट बुकिङको व्यवस्था नभए पनि दसैंमा घर जान चाहने यात्रुलाई व्यवस्थित रुपमा सुरक्षित तरिकाले सरकारले तोकेको भाडादरमा सहजै यात्रा गर्न पाउने व्यवस्था मिलाउने उनले बताए।

 गत वर्ष दसैंको बेलामा करिब २० लाख मानिस काठमाडौंबाट बाहिरिएका थिए। तर अहिले ४र५ लाखको संख्यामा मात्रै यात्रु बाहिरिने सम्भावना देखिएकाले अग्रिम टिकट बुकिङको आवश्यकता नपर्ने देखिएको भुसालको भनाइ छ। यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सक्रिय संक्रमितको संख्या २५ हजारभन्दा माथि पुगेमा लकडाउन गर्न सिफारिस गरेका कारण पनि अग्रिम टिकट बुकिङ खुला गर्नेरनगर्ने भन्ने सम्बन्धमा अन्योल देखिएको भुसालले बताए।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४