Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

२४४० जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकाका १५३१ जना


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असोज १९ २०७७
  • 7.5K
    SHARES

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २४४० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १३ हजार ७८१ नमुना परीक्षण गर्दा ९३७ महिला र १५०३ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको सख्ंया ८९ हजार २६३ पुगेको छ । उनीहरुमध्ये ५५४ जनाको मृत्यु भएको छ भने ६५ हजार २०२ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ११३३ जना संक्रमणमुक्त भएका छन् ।

संक्रिय संक्रमितको संख्या २३ हजार ५०७ पुगेको छ । १२ हजार ३१६ होम र ११ हजार १९१ संस्थागत आइसोलेसनमा छन् । उनीहरुमध्ये २४४ जनाको आईसीयू र ४३ जनाको भेल्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कहाँ कति थपिए संक्रमित ?

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाका १५३१ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका ११७८, ललितपुरका २५० र भक्तपुरका १०३ जना छन् ।

यस्तै सुनसरीका १२२ जना, चितवनका १०३, रौतहटका ८४, नवलपुरका ६६, रुपन्देहीका ५८, मोरङका ५५, काभ्रे र कास्कीका ३६/३६ जना, कैलालीका ३३, सुर्खेतका ३०, बाँकेका २२, बाग्लुङका १८, गोरखा र गुल्मी १७/१७ जना, मकवानपुरका १५, अर्घाखाँचीका १३, धादिङ र रामेछापका १२/१२ जना, नुवाकोट र तनहुँका १०/१० जनामा कोरोना संक्रमण देखिएको छ ।

सर्लाहीका ९ जना, झापा, पर्सा, बारा, कपिलवस्तु र बर्दियाका ८/८ जना, सिराहा, दाङ, पाल्पा र कञ्चनपुरका ६/६ जना, उदयपुर, सप्तरी, सिन्धुपाल्चोक, नवलपरासी र प्युठानका ५/५ जना, स्याङ्जाका ४, ओखलढुंगा, खोटाङ, पर्वत र दैलेखका ३/३ जना, महोत्तरी, सिन्धुली, लजमुङ, डडेलधुरा, डोटी, दार्चुला र बैतडीका २/२ जना तथा इलाम, तेह्रथुम, धनकुटा, संखुवासभा, धनुषा, दोलखा, कालीकोट, रुकुम पश्चिम, सल्यान, अछाम, बझाङ र बाजुराका १/१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४