बागलुङ । बाग्लुङ जिल्लामा यस बर्षादको समयमा बाढीपहिरोबाट धेरै नै धनजनको क्षति भयो । बागलुङ बासीलाई पर्न गएको दु:खमा गत उपनिर्बाचनमा नेपाली कांग्रेसको तर्फबाट प्रत्यसी तथा नेपाली कांग्रेसका युबा नेता जित शेरचनको नेतृत्वमा विभिन्न चरणमा राहत वितरण गर्नु भएको छ ।
नेपाली काङ्ग्रेस क्षेत्र न.२ बागलुङको ब्यानरमा बाढी पहिरो प्रभावित ढोरपाटन नपा ७,८,९ मा आज राहत बितरण गर्नु भएको छ । राहतमा प्रती मृतक ३६ जनालाई रु ७००० का दरले नगद,पुर्ण घर क्षती भएका ७५ घर परिवारलाई प्रती परिवार २/२ बन्डल जस्तापाता,३०/३० किलो चामल,५/५किलो चिउरा,१/१ बक्स चाउचाउ,बिस्कुट,नुन,आटा लगाएत प्रदान गर्नु भएको थियो। त्यस्तै घाइते ३ जनालाई प्रती ब्यक्ती रु ५००० प्रदान गर्नु भएको थियो भने आंशिक क्षति भएका ४० घर परिवारलाई प्रती परिवार ३०/३० किलो चामल,५/५ किलो चिउरा,१/१ बक्स चाउचाउ,बिस्कुट नुन आटा प्रदान गर्नु भएको छ। त्यस्तै घर भाडामा बस्ने,अपाङ्ग,एकल महिला गरि ३५ घर परिवारलाई प्रती परिवार ३०/३० किलो चामल,५/५किलो चिउरा,१/१ बक्स चाउचाउ,बिस्कुट,नुन,आटा बितरण गर्नु भएको छ।
त्यस्तै बाढिपहिरो प्रभावित श्री जनचेतना प्रावि बिधालय सुप्राङ्गलाई १० बन्डल जस्तापाता प्रदान गर्नु भएको छ भने लाकुरिबोट स्वास्थ्य चौकिलाई ४ बन्डल जस्तापाता, चौरासी लघुजलविद्युत आयोजनालाई ४ बन्डल जस्तापाता,फल्लेघर लघुजलविद्युत आयोजनालाई ४ बन्डल जस्तापाता,घट्टबत लघुजलविद्युत आयोजनालाई ४ बन्डल जस्तापाता र नेपाने देउरालीखोला लघुविद्युत आयोजना लाई ४ बन्डल जस्तापाता बितरण गर्नु भएको छ ।
ढोरपाटन नपा ७ का ५ परिवारलाई प्रती परिवार २/२ बन्डल जस्तापाता गरि १० बन्डल जस्तापाता प्रदान गर्नु भएको छ । बाढी पहिरो प्रभावित घर परिवार,बिधालय,लघुबिधुत आयोजनालाई जम्मा गरि १९४ बन्डल जस्तापाता स उक्त राहत संकलन तथा बितरण कार्यमा नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति बाग्लुङका सभापति दिपेन्द्र थापा ,महासमिति सदस्य अर्जुन शेरचन क्षेत्रीय सभापति दोर्ण कुवर , गल्कोट नगरपालिका मेयर गैरे , तरुणदल बाग्लुङका कोषाध्यक्ष देबेन्द्र मगर लगाएतको सहभागिता थियो।त्यस्तै कांग्रेसका महाधिवेशन प्रतिनिधि ,जिल्ला सदस्य र पार्टीका विभिन्न भातृसस्था शुभेच्छुकहरुको उपस्थिति थियो।उक्त बितरण कार्यक्रममा बोल्दै शेरचनले हामिलाई बिश्वास गरि देश बिदेशबाट सहयोग गर्नुहुने सम्पूर्ण दाजुभाइ तथा दिदिबहिनीहरुलाई हार्दिक धन्यवाद व्यक्त गर्नु भएको थियो भने आज कुल ४२ बयालिस लाख बराबरको सामाग्री बितरण गर्नु भएको छ।सहित विभिन्न खाध्य सामाग्री बितरण गर्नु भएको छ ।