Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

होन्डा बाइक किस्तामा कसरी किन्ने? कति के-के चाहिन्छ कागजात?


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असोज १९ २०७७
  • 10.6K
    SHARES

होन्डाका विशेषगरी कम मूल्यका साइन र युनिकर्न मोटरसाइकल र डियो, एभिएटर लगायत स्कुटर धेरै ग्राहकको रोजाइमा पर्छन्। होन्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङले ग्राहकलाई सवारी किन्न सहज होस् भनेर विभिन्न योजनाहरू ल्याइरहेको हुन्छ।यस्तै, मासिक किस्ता तिरेर पनि बाइक-स्कुटर किन्न सकिने सुविधा कम्पनीले दिएको छ।

स्याकार ट्रेडिङका बिजनेस डेभलपमेन्ट म्यानेजर निजेनलाल श्रेष्ठका अनुसार कम्पनीले हाल दुई किसिमका किस्ता सुविधा दिएको छ- एउटा, शून्य डाउनपेमेन्ट अर्थात सुरूमा एक रूपैयाँ मात्र बुझाउनु पर्ने र बाँकी रकम किस्तामा तिर्ने।

दोस्रो, ६० प्रतिशत रकम सुरूमै बुझाएर बाँकी रकम किस्तामा तिर्न सकिने।

यी दुई खाले किस्ताका लागि चाहिने कागजपत्रको मापदण्ड अलिकति फरक छ। त्यस्तै किस्ता तिर्ने समय पनि अलग छ।

६० प्रतिशत डाउनपेमेन्ट गरेर होन्डाका दुई पांग्रे लिन यी कागजात बुझाउनु पर्छः

  • आफ्नो आयस्रोत खुल्ने कागजपत्र।
  • नागरिकताको फोटोकपी।
  • म्याद ननाघेको लाइसेन्सको फोटोकपी।
  • २ वटा फोटा।
  • त्यस्तै ग्राहकले काठमाडौंमा घर भएको एकजना जमानी राख्नु पर्छ। उक्त जमानीको आफ्नो नाममा घर नभए जसको नाममा छ उसँगको नाता खुल्ने कागज ल्याउनु पर्छ। जमानीको पनि एउटा फोटो र घरको पानी वा बिजुलीको बिल लैजानु पर्छ।यदि ग्राहकको काठमाडौंमा आफ्नै परिवारको घर भए परिवारका अन्य सदस्य पनि जमानी बस्न सक्नेछन्।

यो योजनाको ब्याज कति हो?

 

६० प्रतिशत डाउनपेमेन्ट गरेर मोटरसाइकल वा स्कुटर किन्दा ग्राहकले १ प्रतिशत मात्र ब्याजदर तिर्नुपर्छ। यो योजनामा कम्पनीले किस्तालाई १२ महिना (एक वर्ष) तिर्नुपर्ने नियम बनाएको छ।

शून्य डाउनपेमेन्टः

सुरूमा एक रूपैयाँ मात्र तिरेर होन्डाका दुई पांग्रे लिन यी कागजात बुझाउनु पर्छ।

  • ग्राहकले एकवर्षदेखि काम गरिरहेको ठाउँको तलबको कागजपत्र (स्यालरी सिट)।
  • कम्पनीले दिएको परिचय पत्रको फोटोकपी।
  • एक वर्षदेखिको तलबको बैंक स्टेटमेन्ट।
  • नागरिकता र लाइसेन्सको फोटोकपी।
  • सवारीको मूल्य बराबरको ‘पोस्ट डेटेड चेक’। यो भनेको ग्राहकको खाताको चेकमा सवारीको मूल्य कति हो, त्यही अनुसार रकम लेखी हस्ताक्षर गरेर कम्पनीलाई बुझाउने हो। यसमा खातामा पैसा हुनैपर्छ भन्ने छैन र उक्त रकम खातामा भए पनि कम्पनीलेलिँदैन। यदि कुनै ग्राहकले बेइमानी गरिहाले उक्त चेकमार्फत् कम्पनीले सम्पर्क गर्न ‘पोस्ट डेटेड चेक’ खोजेको हो।
  • त्यस्तै काठमाडौंमा घर भएको एक जना जमानी राख्नु पर्छ। जमानीको एउटा फोटो र घरको पानी वा बिजुलीको बिल लैजानु पर्छ।

यो योजनाको ब्याज कति हो?

शून्य डाउनपेमेन्ट योजना अन्तरगत दुई पांग्रे किन्दा १३ प्रतिशत ब्याजदर तिर्नुपर्छ। यसमा कुल किस्ता रकम २ वर्षभित्र तिर्नेगरी भाग लगाइएको हुन्छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४