Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बलात्कारबारे गृहमन्त्री भन्छन् : सवा २०० देशको अवस्था हेर्दा धेरै चिन्तित हुनुपर्दैन


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, असोज १४ २०७७
  • 15.6K
    SHARES

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले बलात्कारका घटना बढे पनि विश्वका अरु देशको तुलना गर्दा नेपालको अवस्था चिन्ताजनक नभएको बताएका छन् । विश्वका सवा २०० देशको अवस्था विश्लेषण गर्दा नेपाल बलात्कारका घटनामा धेरै पछाडि रहेको उनले बताए । राज्य व्यवस्था तथा सुशासन समितिको सोमबार बसेको बैठकमा गृहमन्त्री बादलले प्रत्येक दिन ६/७ जना बलात्कारको घटना हुने गरेको स्वीकार गरे । यद्यपि यस्ता घटना न्यूनीकरण गर्न सरकारले अधिकतम प्रयत्न गरिरहेको बताए ।

उनले अघि भने, ‘सवा २०० कन्ट्री(देश) हरु अवस्था विश्लेषण गर्दा हामी धेरै चिन्तित हुनुपर्ने विषय होइन । सरकारको तर्फबाट न्यूनीकरणमा प्रयासहरु भएका छन् र हाम्रो स्थान धेरै पछाडि नै छौं । पछाडिबाट हेर्दा हामी टप १५ मा छौं ।’अमेरिकालगायतका विकसित मुलुकको अवस्था नेपालको भन्दा खराब रहेको थापाले बताए ।दक्षिण अफ्रिकामा बलात्कारका घटना धेरै हुने भन्दै उनले भने, ‘अमेरिका टप १० भित्र पर्छ । त्यहाँ बलात्कार घटना प्रतिमिनेट ७ वटा हुने कुरा आएको छ ।’

यद्यपि नेपालले आफ्नो स्थितिलाई बदल्न जरुरी छ भन्नेमा सरकार प्रष्ट रहेको मन्त्री थापाले बताए । ‘सरकारले आफ्नो तर्फबाट अधिकतम प्रयास गरिरहेको छ’ उनले भने ।गृहमन्त्री बादलले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा संलग्नलाई कारबाही गर्न ढिलाई भएको स्वीकार गरे । राज्य व्यवस्था समितिमा उनले भने, ‘अपराधीलाई कानूनी कठघरामा ल्याउन हामी निरन्तर रुपमा लागिराखेकै छौं । हामीलाई विश्वास छ, यो प्रयासमा हामी सफल हुन्छौं ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४