सुर्खेत कारागारमा कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका एक ब्यक्ति कोरोनाबाट मृत्यु ।
सुर्खेत । कोरोना भाइरसका कारण सुर्खेत कारागारमा कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका एक कैदीबन्दीको बाँकेमा मृत्यु भएको छ । भेरी अस्पतालमा उपचाररत गुर्भाकोट नगरपालिका–४, सहारे निवासी ५८ बर्षीय पुरुषको आज बिहान ६ः२५ मा मृत्यु भएको बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जनाएका छन् ।
गत भदौ २१ गते अस्पताल भर्ना भएका उनलाई भदौ २२ गते कोरोना पुष्टि भएको र लामो समयदेखि दम र श्वास प्रश्वासको गम्भिर समस्या रहेको उनलाई प्रदेश अस्पताल सुर्खेतले थप उपचारका लागि नेपालगञ्ज रिफर गरेको श्रेष्ठका बताए ।
योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ । भने मध्ये ४ जना जिल्ला बाहिरका हुन् ।