विदेशमा २४४ नेपालीको मृत्यु
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिका सञ्जीव सापकोटक अनुसार १७ देशमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणले गर्दा विदेशमा कार्यरत २४४ नेपालीको मृत्यु भएको छ ।
कोरोना संक्रमणका कारण हालसम्म अमेरिका, बेलायत, संयुक्त अरब इमिरेट्स (युएई), साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड्स, स्वीडेन, भारत, दक्षिण अफ्रिकालगायत देशमा रहेका नेपालीको मृत्यु भएको छ । भने अहिले सम्म विदेशमा अलपत्र ६९ हजार नेपालीको उद्धार गरिएको छ ।
सक्रमण विदेशस्थित दूतावास तथा नियोगको संयुक्त पहलमा ३० देशमा रहेका ६९ हजार २८९ जनाको उद्धार गरिएको छ ।
पछिल्लो समयमा हर्ने हो भने बेलायत, स्पेन र भारतल गायत देशमा कोरोना संक्रमणदर वृद्धि भएको छ ।
अहिलेसम्म विश्वका ४२ देशमा रहेका नेपाली कोरोना भाइरसबाट सक्रमित रहेको संयोजक सापकोटाले जानाएका छन् ।