आन्तरिक उडान भोलिदेखि सुरु
जन न्युज नेपाल खबर प्रतिनिधि काठमाडौं ।
काठमाडौँ / कोरोना महामारीका कारण विगत ६ महिनादेखि बन्द रहेको आन्तरिक हवाई उडान वायुसेवा प्रदायक कम्पनीले महामारीबाट बचेर सुरक्षित उडानका लागि सबैखाले तयारी गरिसकेको हुदा भोलिदेखि सञ्चालनमा गर्ने कम्पनीले जनाएको छ । आन्तरिक उडानका लागि बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स लगायतले शुक्रबारदेखि नै बुकिङ खुलाइसकेका छन् । भने वायुसेवा सञ्चालकहरुका अनुसार स्वास्थ्य प्रोटोकलको पूर्ण पालना गर्दै सुरक्षित उडान सुनिश्चितताका लागि स्वास्थ्य मापदण्डलाई पूर्ण पालना गरेर यात्रुलाई सुरक्षा दिइने भएको छ ।
अधिकांश एयरलाइन्सले ५० प्रतिशतभन्दा बढी बुकिङ भइसकेको र एयरलाइन्सहरुले जहाजमा पूर्ण क्षमतामै यात्रु राख्न पाउने भएपछि हवाईभाडा पनि नबढ्ने जनाइएको छ । शुरुमा २५ प्रतिशतबाट उडान गर्न लागेका वायुसेवा कम्पनीहरुले यात्रुको मागअनुसार उडान बढाउँदै लैजाने भएका छन् । कोरोना महामारीका कारण गत चैत ११ गतेबाट सरकारले लकडाउन गरेपछि आन्तरिक सबै उडान बन्द रहेका थियो ।