सहयोग नेपालको आर्थिक सहयोगमा दलित पत्रकार संघ रामेछापले बाड्यो स्वास्थ्य सामग्री :-
जन न्युज नेपाल खवर प्रतिनिधि रामेछाप ।
सहयोग नेपालको आर्थिक सहयोगमा दलित पत्रकार संघ रामेछापले बाड्यो स्वास्थ्य सामग्री सुरक्षाकर्मि र टाफिक प्रहरी र आईसोलेसनको बिरामीलाई सहयोग स्वरूप वितरण गरिएको छ,। सो कार्यक्रममा दलित पत्रकारसंघ रामेछापका अध्यक्ष लेख बहादुर बि कसहयोग नेपाल रामेछापकी अध्यक्ष निर्मला नेपाली प्रदेश सदस्य गम्भीर बि क समेतको उपस्तिथिमा रामेछापमा जिल्ला भरि खटिएका सुरक्षाकर्मि र आइसोलेसनको बिरामिलाई समेत स्वास्थ्य लाभको कामना गर्दै केहि स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । माक्स १०० पिस , गुर्जो १८ पिस ५ लिटर सेनिटाईजर स्टान समेत दिएको छ। सहयोग नेपाल रामेछापकी अध्यक्ष निर्मला नेपालीले जन न्युज नेपाल खवर लाइ जानकारी गराउनु भयो ।