ओलीद्वारा भारतीय प्रधानमन्त्री मोदीलाई ७० औँ जन्मदिनको उलक्ष्यमा शुभकामना
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आज बिहान ट्वीटरमार्फत् जन्मदिनको शुभकामना दिएका छन ।
‘तपाईँको जन्मदिनको शुभ अवसरमा सु-स्वास्थ्य र खुसीको कामना गर्दछु’, प्रधानमन्त्री ओलीले भनेका छन्, ‘हामी दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन निरन्तर लाग्ने छौँ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको यो ७० औँ जन्म दिन हो र उनी , सन् १९५० को १७ सेप्टेम्बरमा गुजरातमा जन्मिएका थिए ।