Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कांग्रेस नेताले दिए कोरोना रहिरहे पनि महाधिवेशन गर्ने विकल्प !


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, भाद्र ३१ २०७७
  • 6.4K
    SHARES

जन न्युज नेपाल खवर प्रतिनिधि काठमाडौँ !

काठमाडौँ र कोरोना महामारी रहिरहे पनि फागुनमा तोकिएको महाधिवेशन के हुन्छ भन्ने चासो अहिले नेपाली कांग्रेसका नेता र आम कार्यकर्तामा छ। कम्तिमा एक वर्ष कोरोना महामारीको प्रभाव रहन सक्ने भएकोले वैकल्पिक तरिकाबाट महाधिवेशन गर्नुपर्ने आवाज कांग्रेसभित्र उठेको छ। कोरोना महामारी, क्रियाशील सदस्यता वितरण र नवीकरण र ११ जिल्लामा पार्टीको आन्तरिक संगठन समायोजन नसकिँदा फागुनमा कांग्रेसको १४ औं महाधिवेशन हुने छाँटकाँट देखिएको छैन। केन्द्रीय सदस्य गगन थापाले फागुनमा महाधिवेशन हुने सम्भावना नदेखेको बताएका छन्।

 फागुनमा महाधिवेशन हुने सम्भावना देख्दिन। कोरोना महामारी रहिरहे विकल्प खोजेर महाधिवेशन गर्नुपर्ने हुन्छ,’ कांग्रेस पाठशालाले बुधबार गरेको कार्यक्रममा नेता थापाले भने। कसरी महाधिवेशन गर्ने भन्ने तरिका खोजी गर्न केन्द्रीय समिति बैठक बसेर तय गरिनु पर्ने नेता थापाको भनाइ छ।‘कोरोना संक्रमण कसरी अगाडि बढ्छ थाहा छैन। कम्तिमा एक वर्ष अझै नर्मल अवस्था नआउला भन्ने अनुमान गरौं,’ उनले भने, ‘पार्टीमा वडादेखि केन्द्रसम्म आठ चरणमा निर्वाचन गर्नुपर्ने हुन्छ। भीडभाड नहुने गरी निर्वाचन गर्ने विकल्प अगाडि सार्नुपर्छ। उनले वडा तहमै भेला भएर पनि अधिवेशन गर्न सक्ने अवस्था नरहने बताएका छन्।

 काठमाडौं वडा नम्बर ६ मा एक हजार हाराहारीमा क्रियाशील सदस्य छन्  उनले भने, ‘जिल्ला अधिवेशन गर्दा उदाहरणका लागि धादिङमा दुई हजार दुई सय क्रियाशील सदस्य एकै ठाउँमा भेला हुनुपर्ने रहेछ। कोरोना महामारी रहिरहे यसरी धेरै जना भेला हुन मिल्दैन। क्रियाशील सदस्य एकै ठाउँमा भेला नहुने गरी विकेन्द्रीकरण गरेर अधिवेशन गर्न सकिने विकल्पहरू तय गरिनु पर्ने नेता थापा बताउँछन्। वडा, क्षेत्रीय कार्यसमिति प्रदेश सभा, प्रतिनिधि सभाका लागि सम्बन्धित क्षेत्रमै अधिवेशन गरौं। उनले भने, घरछेउकै बुथमा भोट हालेर नेतृत्व चयन गर्न सकिन्छ। उनले नर्मल अवस्था नभएमा कसरी महाधिवेशन गर्ने भन्नेबारे केन्द्रीय समितिबाटै ठोस निर्णय लिनुपर्ने बताएका छन् ।

अर्का केन्द्रीय सदस्य रमेश लेखकले फागुनमा महाधिवेशन अब सम्भव नहुने भएकोले महाधिवेशनका मिति र कसरी गर्ने भन्ने विकल्प खोज्नुपर्ने बताएका छन् । कांग्रेसका दश लाख क्रियाशील सदस्यका नाम छानविन गरी केन्द्रबाट पठाउनै समय लाग्ने भएकोले फागुनमा महाधिवेशन सम्भव नहुने उनको तर्क रहेको छ। क्रियाशील सदस्य वितरण, नवीकरण र केन्द्रबाट दश लाखको नाम तल पठाउन कम्तिमा छ महिना लाग्छ। हामीले दशरपन्ध्र दिनको समय राखेका थियौं त्यो नै अव्यवहारिक थियो। यसबीचमा दसैं, तिहार र छठलगायत चाडपर्ब छन्, उनले भने।

कोरोना महामारीका बेला पाँच हजार महाधिवेशन प्रतिनिधि एकै ठाउँमा भेला भएर महाधिवेशन गर्न सक्ने अवस्था नहुने लेखकको भनाइ रहेको छ। निर्वाचनलाई विकेन्द्रीकरण गरौं। १६५ प्रतिनिधि सभा क्षेत्र र ३३० प्रदेश सभा क्षेत्रमा क्षेत्रीय कार्यसमितिका लागि त्यहीँ अधिवेशन गर्न सकिन्छ,’ उनले भने, ‘प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिलाई २५ जनाले मतदान गर्ने हो। प्रदेश सभाका लागि १७ जनाले मतदान गर्ने हो। यो तरिकाबाट सम्बन्धित क्षेत्रमै अधिवेशन गर्दा धेरै भीडभाड हुन्न।’

उनले स्थानीय तहका लागि निर्वाचन पछि गर्न सकिने विकल्प पनि अगाडि सारेका छन्। वडा, प्रदेश सभा र प्रतिनिधि सभा क्षेत्रको अधिवेशन गरे त्यहाँबाट आउने प्रतिनिधिले प्रदेश र केन्द्रका लागि मतदान गर्न मिल्छ,’ उनले भने, ‘भिडभाड हुन्छ भने जिल्ला अधिवेशन अहिले नगर्न पनि सकिन्छ।’उनले वडाका साविक सबै क्रियाशील सदस्य भेला भएर नयाँ क्रियाशील सदस्यता दिने नियम विधानमा रहेको भन्दै त्यो महामारीका बेला सम्भव नहुने पनि बताए। वडाभरका क्रियाशील सदस्य भेला गरेर नयाँ सदस्य कसलाई दिने भन्ने टुंगो लगाउने नियम विधानमा छ। सबैलाई भेला गरेर नयाँ क्रियाशील वितरण गर्न गाह्रो हुन्छ। केन्द्रीय समितिबाट निर्णय गरेर यसको विकल्प फुकाऔं,’ उनले भने।

वडामा प्रतिनिधि चयन भएपछि प्रदेश र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन भइहाल्ने उनले बताए।‘कमभन्दा कम मानिस उपस्थित हुने गरी अधिवेशन गर्नेबारे पार्टीले सोच्नुपर्छ । केन्द्रीय सदस्य डिना उपाध्यायले क्रियाशील सदस्यता वितरण र नवीकरणका काम टुंग्याउनेबारे पार्टीले पहल लिनुपर्ने बताइन्। अहिले नै महाधिवेशनको नयाँ कार्यतालिका तोक्ने पक्षमा म छैन,’ उनले भनिन्, ‘क्रियाशील वितरण कुन तरिकाबाट छिटो सम्पन्न गर्न सकिन्छ त्यो तय गरेपछि मात्रै महाधिवेशनको नयाँ मिति तोक्नु सान्दर्भिक हुन्छ।’

वडामा एकै ठाउँमा भेला भएर क्रियाशील बाँड्न नसकिए टोलटोलमा कार्यक्रम गरेर क्रियाशील दिन सकिने विकल्प उनको छ। यो पनि सम्भव नभए प्रविधि प्रयोग गरेर सदस्यता दिन सकिने उनले बताइन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४