Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

हरेको वर्ष झै यस वर्ष पनि वाल दिवस मनाएको छ ।


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, भाद्र २९ २०७७
  • 5.9K
    SHARES

वाल दिवश

 जन न्युज नेपाल खवर प्रतिनिधि ।

हरेको वर्ष झै यस वर्ष पनि वाल दिवस मनाएको छ

यस वर्ष अन्य वर्षको तुलना कोरोना संक्रमणले गर्दा वाल दिवस विभिन्न कार्यक्रम अयोजना गर्ने सम्भावना नभएको हुदा यस वर्षको वाल दिवस अन्य वर्षे भन्दा खल्लो भएको छ ।
यस वर्षको वाल दिवसको नारा “सुनिश्चित बाल अधिकारः समृद्ध नेपालको आधार” भन्ने मूल नाराका साथ मनाइंदै छ । बालबालिका आफैमा संवेदनशिल हुन्छन् । बालबालिकाको भवना र उनीहरुको आवश्यकता बुझ्नु अभिभावकको र राष्ट्र दायित्व हुन्छ । सबै बालबालिकाका अभिभावक हुन्छन् भन्ने छैन् जसका अभिभावक हुदैनन् तिनिहरुको जिम्मा राष्ट्रको हुन्छ ।
हरेक वर्ष भदौ २९ गते नेपालले बालबालिका र तिनको सुरक्षा अनि संरक्षणकालागी वाल दिवस मनाउने गर्दछ । नेपालले बालअधिकारसम्बन्धी महासन्धी १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बालअधिकारको संरक्षण र बालसहभागिताजस्ता विषयमा आफ्नो अन्तर्राष्ट्रिय प्रतिवद्धता प्रकट गरेको दिनको अवसरमा नेपालले राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ ।
राष्ट्रिय बाल दिवस २०७७ का अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीलगायतका नेताहरुले शुभकामना व्यक्त गर्नुभएको छ । बालबालिकाको अधिकारको सुनिश्चित गर्न संवेदनशिल हुनुपर्ने राष्ट्रपतिको तर्क रहेको छ । संविधान अनुसार बालबालिकासम्बन्धी नीति तर्जुमा गरिएको प्रधानमन्त्रीको जिकिर गर्नुभएको छ ।
वाल दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले बालअधिकार सुनिश्चित गर्न राष्ट्रिय कानून तथा विभिन्न अन्तर्राष्ट्रिय सन्धि, सम्झौता तथा प्रतिबद्धतामा रहेका प्रावधानको प्रभावकारी कार्यान्वयन गर्नु राज्यको दायित्व भएको स्पष्ट पार्नुभएको छ ।
उहाँले कोरोना महामारीको विषम परिस्थितिमा बालबालिकाको भविष्य सुनिश्चित गर्न तीनै तहका सरकारी निकाय, राष्ट्रिय तथा अन्तरारष्ट्रिय गैरसरकारी संस्था, नागरिक समाज र अभिभावक संवेदनशील हुनुपर्ने भन्दै सबैले यसतर्फ ध्यान दिन आग्रह समेत गर्नुभएको छ ।
यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधानमा मौलिक हकका रुपमा रहेको बालबालिकाकासम्बन्धी नीति तथा कानून तर्जुमा गरी कार्यान्वयन गर्दै आएको र बालबालिकामाथि हुने सबै किसिमका हिंसा, बेचबिखन तथा जघन्य घटनाका अपराधीहरुलाई कानुनी दायरामा ल्याई कडा सजाय दिने र बालबालिकाहरुलाई संरक्षण, सुरक्षा र अभिभावकत्व प्रदान गर्न सरकार प्रतिवद्ध रहेको उहाँको भनाइ छ ।
प्रधानमन्त्री ओलीले सरकारले बालबालिकाको हक र हितको संरक्षणलाई उच्च प्राथमिकतामा राखेको समेत जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४