सभामुख अग्नि सापकोटासहितको टोली सिन्धुपाल्चोकको बाह्रबिसे पहिरो प्रभावित क्षेत्रमा
जन न्युज नेपाल खवर प्रतिनिधि सिन्धुपाल्चोक
काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ मा गएराति परेको वर्षेका र पहिरोले गर्दा ३१ जना मध्ये ३ जनाको शव फेला परेको भएता पनि २८ जना अझै बेपता भएका छन् । पहिरो गएको स्थानमा खोजीकार्य गर्दा नागपुजेकी ६५ वर्षीया भक्तिमाया श्रेष्ठ, भिरखर्कको विक टोलकी २३ वर्षीया जुनुमाया विक र नेवार टोलकी ६० वर्षीया सर्किनी नेवारको शव फेला परेको छ ।
भने ११ वटा घरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी प्रकाश सापकोटाले जानकारी दिएका छन् । घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली उद्धारमा खटिएका छन् ।
भनेसभामुख अग्नि सापकोटासहितको टोली पनि स्थलमार्गबाट पहिरो प्रभावित क्षेत्रमा पुगेका छन् ।