Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बिलबिजक बिनाका ६३ थान मोबाइल सहित दुई जना पक्राउ


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असोज २० २०८३
  • 418
    SHARES

चितवन । बिलबिजकबिना मोबाइल फोन बिक्री तथा ओसारपसार भइरहेको सूचनाका आधारमा प्रहरीले चितवनका विभिन्न स्थानबाट ६३ थान मोबाइल तथा विद्युतीय उपकरणसहित दुई जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–१० स्थित हाकिमचोकबाट बिलबिजकबिना मोबाइल बिक्री भइरहेको सूचनाका आधारमा प्रहरीले एक मोबाइल पसल सञ्चालकलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले ४१ वर्षीय दीपक प्रसाईंलाई नियन्त्रणमा लिएर उनले सञ्चालन गर्दै आएको ‘दीपक मोबाइल’मा खानतलासी गरेको थियो । सो क्रममा विभिन्न सिरिजका एप्पलका आइफोन ५० थान, सामसुङका चार थान, रेडमीका दुई थान, एप्पल आइप्याड एक थान र भिभोको एक थान गरी जम्मा ५८ थान मोबाइल तथा विद्युतीय उपकरण बरामद गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवका अनुसार बरामद गरिएका मोबाइल तथा उपकरणको खरिद–बिक्रीसँग सम्बन्धित आवश्यक बिलबिजक तथा कागजात नभेटिएपछि प्रसाईंलाई नियन्त्रणमा लिइएको हो ।

त्यसैगरी, प्रहरीले भरतपुर महानगरपालिका–१ रामनगर क्षेत्रबाट थप पाँच थान मोबाइलसहित एक जनालाई पक्राउ गरेको छ । उक्त क्षेत्रमा बिलबिजकबिना मोबाइल फोन ओसारपसार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले निगरानी बढाएको थियो ।

सो क्रममा २८ वर्षीय उमनन्द भुसाललाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनको साथबाट बिलबिजकबिना बोकेका सामसुङ कम्पनीका पाँच थान मोबाइल फोन बरामद गरिएको सूचना अधिकारी यादवले जानकारी दिए ।

यसरी दुवै स्थानबाट बरामद गरिएका मोबाइल तथा अन्य उपकरणको वैधता र स्रोतका विषयमा आवश्यक अनुसन्धानका लागि प्रहरीले पक्राउ परेका दुवै जनालाई बरामद सामानसहित सम्बन्धित निकायमा बुझाएको छ ।

प्रहरीका अनुसार असोज १८ गते पक्राउ परेका दुवै जनालाई बरामद मोबाइलसहित आवश्यक कानुनी कारबाहीका लागि भन्सार कार्यालय वीरगञ्ज, पर्सा पठाइएको छ ।

बिलबिजकबिना मोबाइल तथा अन्य विद्युतीय उपकरणको कारोबारले राजस्व छली तथा अवैध आयातलाई प्रोत्साहन गर्न सक्ने भएकाले प्रहरीले यस्ता गतिविधिमाथि निगरानी बढाउँदै आएको जनाएको छ । बरामद भएका मोबाइलको स्रोत, आयात प्रक्रिया तथा आवश्यक राजस्वसम्बन्धी विषयमा सम्बन्धित भन्सार कार्यालयबाट थप प्रक्रिया अघि बढाइने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४