Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

लगातार वर्षाले देशभर बाढी–पहिरोको जोखिम, प्रमुख राजमार्ग प्रभावित


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असोज ११ २०८३
  • 513
    SHARES

काठमाडौँ । केही दिनदेखि भइरहेको निरन्तर वर्षाका कारण देशभर बाढी, पहिरो, सडक भासिने तथा नदी–खोला आसपासका क्षेत्रमा डुबानको जोखिम बढेको छ। वर्षाका कारण पृथ्वी, बीपी, सिद्धिचरण, मध्यपहाडी, कालीगण्डकी, तमोर, राप्ती र कर्णालीलगायत प्रमुख राजमार्गका विभिन्न खण्ड प्रभावित भएका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार नदी तथा खोलामा जलसतह बढेसँगै तटीय र होचा भूभागमा जोखिम थपिएको छ।

पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर, चौकीभीर, जवाङ खोला र फिस्लिङ क्षेत्रमा पहिरोका कारण यातायात प्रभावित भएको छ। ती स्थानमा पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ।

तर वर्षा नरोकिएकाले पहिरो पुनः खस्ने र सडक अवरुद्ध हुने जोखिम कायमै रहेको प्राधिकरणले जनाएको छ। विभिन्न स्थानमा पहिरो पन्छाउने काम जारी रहे पनि लगातारको वर्षाका कारण सडक पूर्ण रूपमा सञ्चालनमा ल्याउन चुनौती देखिएको छ।

सडक खुलाउन आवश्यक प्राविधिक टोली र मेसिन तयारी अवस्थामा राखिएको प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४