काठमाडौं । हाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा हाल सरदर स्थानको दक्षिणतर्फ रहेको छ। यसको प्रभावका कारण देशभरको मौसममा सामान्यदेखि आंशिक बदली देखिएको छ।
हाल देशभर साधारणतया बादल लागेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा चट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना रहेको छ।
त्यस्तै, देशका पहाडी भू–भागका केही स्थानमा पनि चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ। तराई भू–भागका थोरै स्थानमा समेत चट्याङसहित मध्यम वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।
विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भारी वर्षाका कारण स्थानीय रूपमा सडक तथा यातायात प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउनुपर्ने देखिन्छ।
यसैगरी, आज राति देशका हिमाली तथा पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ भने तराई भू–भागमा आंशिक बदली रहनेछ।
रातिको समयमा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा पनि चट्याङसहित मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ। त्यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा वर्षाको सम्भावना रहेको छ।
देशका तराई भू–भागका एक–दुई स्थानमा समेत चट्याङसहित मध्यमसम्म वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।
मौसममा आएको बदली र वर्षाका कारण पहाडी तथा हिमाली क्षेत्रमा सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने सम्भावना रहन्छ। भारी वर्षा हुने स्थानमा पहिरो, आकस्मिक बाढी तथा स्थानीय खोलानालामा पानीको बहाव बढ्न सक्ने भएकाले सम्बन्धित क्षेत्रका बासिन्दा तथा यात्रुहरूलाई आवश्यक सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।