ललितपुर । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय, ललितपुरको सानेपामा बस्न लागेको हो ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ । बैठकमा पार्टीको १५औँ महाधिवेशनलगायत विभिन्न समसामयिक तथा सांगठनिक विषयमा छलफल हुने बताइएको छ ।
पार्टीको आगामी महाधिवेशनको तयारी, संगठनात्मक गतिविधि तथा महाधिवेशनसँग सम्बन्धित विषयहरू बैठकका प्रमुख एजेन्डा बन्न सक्ने कांग्रेसले जनाएको छ ।
त्यस्तै, पछिल्लो राजनीतिक तथा समसामयिक परिस्थितिबारे समेत बैठकमा छलफल हुने अपेक्षा गरिएको छ । केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको आगामी कार्यदिशा तथा संगठनसम्बन्धी विषयमा आवश्यक निर्णय लिन सक्ने बताइएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको सहभागिता रहनेछ । बैठकमा उठ्ने विषय र हुने निर्णयले कांग्रेसको आगामी संगठनात्मक गतिविधि तथा १५औँ महाधिवेशनको तयारीलाई समेत प्रभाव पार्ने देखिएको छ ।