Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भोटेकोशी तटीय बस्तीको जोखिमबारे सांसद गजुरेलको ध्यानाकर्षण


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, भाद्र ३१ २०८३
  • 665
    SHARES

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद आशिष गजुरेलले भोटेकोशी नदीमा आउन सक्ने सम्भावित बाढीबाट सिन्धुपाल्चोकका तटीय बस्ती तथा नागरिकलाई जोगाउन समयमै जोखिम व्यवस्थापन गर्नुपर्ने बताउनुभएको छ।

रसुवा जिल्लामा भोटेकोशी नदीले पुर्‍याएको क्षतिलाई स्मरण गर्दै सांसद गजुरेलले सिन्धुपाल्चोक हुँदै बग्ने भोटेकोशी नदीमा पनि त्यस्तै प्रकृतिको बाढी आएमा नदी किनारका धेरै बस्ती तथा संरचना प्रभावित हुन सक्ने बताउनुभएको हो।

उहाँले सम्भावित विपद्को जोखिमलाई बेवास्ता गरेर क्षति भएपछि मात्रै उद्धार र राहतमा केन्द्रित हुनेभन्दा पूर्वतयारी र जोखिम न्यूनीकरणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभएको छ।

यी तटीय क्षेत्र जोखिममा पर्न सक्ने

सांसद गजुरेलका अनुसार भोटेकोशी नदीको सम्भावित बाढीबाट सिन्धुपाल्चोकका लिपिङ, कोदारी, तातोपानी, १० किलो, लार्चा, ड्राइपोर्ट, खुकुण्डोल, हिन्दी, डाक्लाङ, चाकु, नयाँपुल, सखुवा, बसेरी, जम्मु, बाह्रबिसे, ड्यामसाइट, लामोसाँघु, खाडीचौर, अधेरी, कोठे, बलेफी, भैंसे, सुकुटे, चेहेरे, सिम्ले, बन्देउ हुँदै दोलालघाटसम्मका तटीय क्षेत्र जोखिममा पर्न सक्ने छन्।

यी क्षेत्रमा बस्तीका साथै सडक, पुल, व्यापारिक संरचना तथा अन्य भौतिक पूर्वाधारसमेत जोखिममा पर्न सक्ने भएकाले सम्बन्धित निकायले समयमै आवश्यक तयारी गर्नुपर्ने उहाँको भनाइ छ।

विपद् आउनुअघि नै तयारी आवश्यक

सांसद गजुरेलले नेपालका धेरै बस्ती बाढी तथा पहिरोको जोखिममा रहेको उल्लेख गर्दै सम्भावित विपद्बाट हुने क्षति न्यूनीकरणका लागि बस्ती व्यवस्थापनलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको छ।

उहाँले जोखिमयुक्त क्षेत्रमा रहेका बस्तीको पहिचान गरी आवश्यकताअनुसार स्थानान्तरण, सुरक्षित स्थानको व्यवस्थापन तथा पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको छ।

गजुरेलले भन्नुभएको छ, ‘बेलैमा व्यवस्थापन गर्न नसके आगामी दिनमा ठूला–ठूला क्षति व्यहोर्नुपर्ने हुन्छ। बस्ती व्यवस्थापन अब हाम्रो प्राथमिकता हुनुपर्छ।’

उहाँका अनुसार विपद् व्यवस्थापन केवल उद्धार र राहतमा सीमित नभई जोखिम पहिचान, पूर्वतयारी, सुरक्षित बस्ती विकास र पूर्वसूचना प्रणालीसँग जोडिन आवश्यक छ।

जोखिमयुक्त क्षेत्रको स्थलगत अनुभव

सांसद गजुरेलले रसुवा र तातोपानीको सुक्खा बन्दरगाहमा काम गर्ने क्रममा आफूले भोटेकोशी आसपासका क्षेत्रहरूमा धेरै पटक यात्रा गरेको पनि उल्लेख गर्नुभएको छ।

त्यस क्रममा आफूले नदी किनारमा रहेका बस्ती तथा विभिन्न संरचनाहरूलाई नजिकबाट देखेको भन्दै उहाँले सम्भावित जोखिमप्रति सम्बन्धित निकाय र स्थानीय समुदाय समयमै सचेत हुनुपर्ने बताउनुभएको छ।

भोटेकोशी नदीमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै नदी तटीय क्षेत्रमा रहेका नागरिकको सुरक्षा, पूर्वतयारी र दीर्घकालीन बस्ती व्यवस्थापनका लागि राज्यका सम्बन्धित निकायले समन्वयात्मक रूपमा काम गर्नुपर्नेमा उहाँले जोड दिनुभएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४