Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भोटेकोशी विपद्लाई ‘हिम नदी डिजास्टर’का रूपमा बुझ्नुपर्छः इन्दिरा राना


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, भाद्र ३० २०८३
  • 855
    SHARES

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगरले रसुवा र भोटेकोशी क्षेत्रमा भएको विनाशकारी बाढीलाई जलवायु परिवर्तनसँग जोडिएको ‘हिम नदी डिजास्टर’का रूपमा बुझेर सरकारले नयाँ विपद् व्यवस्थापन नीति बनाउनुपर्ने बताएकी छन् ।

मंगलवार संसद भवन बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै रानाले भोटेकोशी वा रसुवा बाढी भनेर मात्र घटनालाई परिभाषित गर्दा विपद्को प्रकृति स्पष्ट नहुने बताएकी हुन् । हिमपहिरो तथा हिउँ पग्लिने क्रमबाट बनेको पानीको ठूलो बहावले नदीमा असामान्य बाढी ल्याएको भन्दै उनले यसलाई ‘हिम नदी डिजास्टर’का रूपमा बुझ्नुपर्ने बताइन् ।

उनले ग्लोबल वार्मिङका कारण वर्षौंदेखि जमेर बसेको हिउँ पग्लिने तथा हिमताल फुट्ने जस्ता घटनाबाट यस्ता विनाशकारी विपद् निम्तिन सक्ने बताइन् । आगामी दिनमा यस्ता जोखिमलाई ध्यानमा राखेर वैज्ञानिक अध्ययनमा आधारित बस्ती विकास तथा विपद् व्यवस्थापन नीति आवश्यक रहेको उनको भनाइ छ ।

रानाले नदी करिडोरमा जोखिमयुक्त क्षेत्रमा बसोबास गरिरहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्दा उनीहरूको सम्पत्तिको अधिकारसमेत सुरक्षित हुनेगरी स्पष्ट कानुनी व्यवस्था गर्नुपर्ने बताइन् । उनका अनुसार नदी किनारबाट निश्चित दूरी कायम गरी बस्ती विकास गर्ने कानुनी व्यवस्था भए पनि व्यवहारमा जोखिमयुक्त स्थानमा बस्ती बसिरहेका छन् । अब वैज्ञानिक अध्ययनका आधारमा सुरक्षित स्थान पहिचान गरी त्यहाँ व्यवस्थित बस्ती विकास गर्नुपर्ने उनले बताइन् ।

सुरक्षित स्थानमा स्थानान्तरण गरिएका नागरिकलाई विद्युत्, सडक, खानेपानीलगायत आधारभूत सेवा तथा सुविधाको सुनिश्चितता गर्नुपर्ने र विपद्मा सम्पत्ति गुमाएका परिवारलाई सरकारले सक्दो सहयोग उपलब्ध गराउनुपर्ने रानाको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४