Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भोटेकोशी बाढीपीडितका लागि यातायात व्यवसायी महासङ्घको करिब १ करोड सहयोग


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, भाद्र २६ २०८३
  • 627
    SHARES

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले रु ९९ लाख ८४ हजार ६९५ सहयोग गरेको छ।

महासङ्घले शुक्रबार सिंहदरबारस्थित पूर्वाधार विकास मन्त्रालयमा आयोजित कार्यक्रममा उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरेको हो।

महासङ्घका अध्यक्ष पुण्यप्रसाद सिटौलासहितको टोलीले पूर्वाधार विकासमन्त्री सुनिल लम्सालमार्फत राहत रकम कोषमा हस्तान्तरण गरेको थियो। रकम ग्रहण गर्दै मन्त्री लम्सालले विपद्का समयमा बाढीपीडितको उद्धार तथा राहतका लागि महासङ्घले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो।

उहाँले विपद्बाट प्रभावित नागरिकलाई सहयोग गर्न विभिन्न क्षेत्रबाट भइरहेको सहकार्यले राहत तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने बताउनुभयो। सरकारसँगै विभिन्न संघसंस्था र निजी क्षेत्रबाट भइरहेको सहयोगले प्रभावित परिवारसम्म आवश्यक राहत पुर्‍याउन सहज हुने उहाँको भनाइ थियो।

रकम हस्तान्तरणपछि महासङ्घका अध्यक्ष सिटौलाले भोटेकोशी बाढीबाट प्रभावित तथा बेपत्ता भएकाहरूको खोजी र उद्धार कार्यमा महासङ्घ निरन्तर सक्रिय रहेको बताउनुभयो।

उहाँका अनुसार बाढीबाट यातायात क्षेत्रसँग प्रत्यक्ष जोडिएका मजदुर तथा व्यवसायी पनि प्रभावित भएका छन्। दर्जनौँ यातायात मजदुर तथा सवारीसाधन अझै बेपत्ता रहेको भन्दै उहाँले आफ्ना सदस्य तथा श्रमिकको उद्धारसँगै पीडित परिवारलाई सहयोग गर्ने कार्यलाई महासङ्घले प्राथमिकतामा राखेको जानकारी दिनुभयो।

अध्यक्ष सिटौलाले बाढीपीडितको उद्धार तथा राहतका लागि महासङ्घ निरन्तर सक्रिय रहेको बताउँदै यातायात मजदुर र प्रभावित नागरिकको सहयोगमा अहोरात्र खटिरहेको उल्लेख गर्नुभयो।

भोटेकोशी बाढीका कारण रसुवासहित प्रभावित क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ। अहिले पनि प्रभावित क्षेत्रमा खोजी, उद्धार तथा राहत वितरणको काम जारी रहेको छ।

यस्तो अवस्थामा यातायात व्यवसायी महासङ्घले गरेको करिब एक करोड रुपैयाँ बराबरको सहयोगले बाढीपीडितको तत्कालीन राहत, उद्धार तथा पुनःस्थापनामा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४