काठमाडौं । राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १६१औं जन्मजयन्ती शुक्रबार मुलुकभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।
वि.स. १९२३ भाद्र कृष्ण कुशे औंसीका दिन जन्मेर वि.स. १९५३ भाद्र कृष्ण कुशे औंसीकै दिन ३० वर्षको उमेरमा परलोक भएका मोतीराम भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि महत्त्वपूर्ण योगदान पुर्याउनुभएकाे थियाे। युवाकवि मोतीराम भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलो पटक प्रकाशनमा ल्याउनाका साथै नेपालमा छापाखाना समेत भित्र्याउनुभएकाे हाे।
यहि छापाखानामार्फत नेपालमा पत्रकारिताको शुरुवात भएको मानिन्छ । साेही दिवसका अवसरमा शुक्रबार नेपाली शिक्षा परिषद्, नेपाल प्रज्ञा प्रतिष्ठानलगायत विभिन्न साहित्यिक संस्थाले कार्यक्रम आयोजना गर्न लागेको हाे।
परिषद्ले शुक्रबार दिउँसो २ बजे कवि सम्मेलनका साथै युवा वर्ष मोती पुरस्कार वितरण गर्न लागेको समेत जनाएकाे हाे।