Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सडक अवरूद्ध बनेपछि भरतपुर-काठमाडौं हवाई उडानमा यात्रुको चाप बढ्याे


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, भाद्र २२ २०८३
  • 893
    SHARES

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरलगायत विभिन्न स्थानमा सडक भासिएर यातायात अवरुद्ध तथा असहज बनेपछि भरतपुर–काठमाडौं हवाई यात्रुको चाप बढेको छ।

सडकमार्गबाट काठमाडौं आवतजावत गर्न समस्या भएपछि यात्रुहरू हवाई यात्रातर्फ आकर्षित भएका हुन्। यात्रुको चाप बढेसँगै भरतपुर विमानस्थलबाट काठमाडौंका लागि हुने उडानको संख्या पनि बढाइएको छ।

भरतपुरबाट काठमाडौंका लागि हाल बुद्ध एयरले नियमित उडान गर्दै आएको छ। बुद्ध एयरको भरतपुर कार्यालयका अनुसार सामान्य अवस्थामा भरतपुरबाट काठमाडौंका लागि दैनिक पाँचवटा उडान हुँदै आएको थियो। तर पृथ्वी राजमार्गमा सडक अवरुद्ध भएपछि यात्रुको माग बढेकाले उडान संख्या बढाएर दैनिक ९ देखि ११ वटासम्म पुर्‍याइएको छ।

कार्यालयका अनुसार यात्रुको चाप र आवश्यकताका आधारमा दैनिक उडान संख्या निर्धारण भइरहेको छ। सडकमार्ग सहज नभएको अवस्थामा हवाई यात्रुको माग अझै बढ्न सक्ने भएकाले उडान संख्या पनि आवश्यकताअनुसार थपघट हुन सक्ने जनाइएको छ।

भरतपुर–काठमाडौं रुटमा एटीआर–७२ जहाज सञ्चालन हुँदै आएको छ। उक्त जहाजको क्षमता ७२ जना यात्रु बोक्ने भए पनि भरतपुर विमानस्थलको धावनमार्ग छोटो भएका कारण जहाजले पूर्ण क्षमतामा यात्रु बोक्न नसक्ने बुद्ध एयरको भरतपुर कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार काठमाडौंस्थित विमानस्थलबाट भरतपुर आउँदा सामान्यतया ६५ देखि ७० जना यात्रु बोक्न सकिने भए पनि भरतपुरबाट काठमाडौं फर्किँदा करिब ५० जना यात्रु बोक्ने गरिएको छ।

पृथ्वी राजमार्गमा सडक भासिने, पहिरो जाने तथा विभिन्न स्थानमा सडक अवरुद्ध हुने समस्या देखिएपछि लामो दूरीको यात्रा प्रभावित भएको छ। विशेषगरी चितवन हुँदै काठमाडौं आवतजावत गर्ने यात्रुहरूलाई सडकमार्गबाट यात्रा गर्न कठिनाइ भएपछि हवाई उडानमा निर्भर हुनुपर्ने अवस्था आएको हो।

सडकमार्गको अवस्था सामान्य नहुँदासम्म भरतपुर–काठमाडौं हवाई यात्रुको चाप कायम रहने अनुमान गरिएको छ। यात्रुको मागअनुसार उडान थपिएपछि सडक अवरोधका कारण समस्यामा परेका यात्रुलाई केही सहज भएको छ।

बुद्ध एयरले यात्रुको चाप र मागअनुसार भरतपुरबाट काठमाडौंका लागि दैनिक ९ देखि ११ वटासम्म उडान सञ्चालन गरिरहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४