Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भोटेकोशी बाढीः त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार जारी


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, भाद्र १९ २०८३
  • 779
    SHARES

काठमाडौँ । भोटेकोशी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाको खोज तथा उद्धार जारी छ । नेपाली सेनाका ७५, सशस्त्र प्रहरीको १८ एवं नेपाल प्रहरी र विज्ञसहितको संयुक्त खोज तथा उद्धार टोलीले आज सो सुरुङबाट दुई जनाको जीवितै उद्धार गरेको थियो ।

उनीहरूको वीरेन्द्र अस्पताल छाउनीमा उपचार भइरहेको छ । खोज तथा उद्धारका क्रममा उक्त स्थानबाट एक शव निकालिएको र थप खोज तथा उद्धार कार्य जारी रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

यस्तै त्रिशूली–३ ‘बी’मा सेनाको ८९, गैरसैनिक तीन र आयोजनाका प्रबन्ध निर्देशकसहितको संयुक्त उद्धार टोलीले आयोजनाको कार्यालय र निवास पहिचान गरी उक्त इलाकासम्म पुग्न एक्साभेटरबाट बाटो खन्ने तथा माटो पन्छाउने काम भइरहेको छ ।

सो आयोजनाको अडिट–१ बाट उद्धार टोली ४२६ मिटरभित्र प्रवेश गरेको छ । अडिट–१ बाट एक्साभेटर छिराउन अपरेटरसहित ३ ‘ए’सँग लिङ्कअप गराउने काम भइरहेको सेनाले जनाएको छ । लाङटाङ हाइड्रोमा सेनाका २५ तथा दुई जना गैरसैनिकसहितको संयुक्त खोज तथा उद्धार टोलीले सुरुङभित्र प्रवेश गरी दुईवटा शव फेलापारेको छ । सो क्षेत्रमा खोज तथा उद्धार जारी छ ।

चिलिमे हाइड्रोमा विदेशीसहितको संयुक्त टोलीले जेनेरेटर र पम्पको सहायताले लेदो फाल्ने काम गरिरहेको छ । माथिल्लो त्रिशूली–१ को हाकुस्थित सुरुङमा १७ सैनिक र आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले ‘र्‍याफ्ट’ र ‘बोट’ को समेत प्रयोग गरी खोजी गरिरहेको छ । टनेलमा रहेको पानी फाल्ने काम भइरहेको छ ।

देवीघाटमा पुल जडान हुँदै

देवीघाटस्थित तादी नदीमा पुल जडानका लागि सेनाको इन्जिनियरिङ फौजबाट ५५ जना टोली खटिइ बेस निर्माण गरिरहेको छ । सो स्थानमा जडान गर्नका लागि गजुरीमा रहेको ‘एक्रो ब्रिज’का केही भाग त्रिशूली पुर्‍याइएको र थप सामग्री ढुवानी गर्ने क्रममा रहेको सेनाले जनाएको छ ।

प्रभावित क्षेत्रका जङ्गल, डाँडा, खोला र बस्ती इलाकामा चिकित्सकसहित आवश्यक उद्धार टोलीले पैदल गस्ती गरिरहेको छ । रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासीपूर्वका प्रभावित क्षेत्रमा नौ हजार ३०० भन्दा बढी फौज घाइतेको खोज तथा उद्धार, शव व्यवस्थापन, अवरुद्ध सडक सञ्चालन एवं आपत्कालीन उपचारमा क्रियाशील रहेका छन् । यसैबीच, सात सैनिक र छ गैरसैनिक हेलिकप्टरमार्फत आज प्रभावित इलाकाबाट २९ जनाको उद्धार गरिएको सेनाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४