Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रसुवा बाढी अपडेटः मृत्यु हुनेको संख्या १२ सय ८७ पुग्यो, ५ हजार ८३ सम्पर्कविहीन बाढीका कारण ३ खर्ब ८७ अर्ब बढीको आर्थिक क्षति


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, भाद्र १९ २०८३
  • 1.3K
    SHARES

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढी तथा त्यससँग सम्बन्धित विपद्मा परी मृत्यु हुनेको संख्या १ हजार २ सय ८७ पुगेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शुक्रबार मध्यान्हसम्म विभिन्न जिल्लाबाट १ हजार २ सय ८७ जनाको शव फेला परेको हो। फेला परेका शवमध्ये हालसम्म ९६ जनाको मात्र सनाखत भएको प्राधिकरणले जनाएको छ।

विपद्मा परी चितवनमा सबैभन्दा बढी ३ सय ५९ जनाको शव फेला परेको छ। त्यस्तै, नवलपरासी पूर्वमा २ सय १९, नवलपरासी पश्चिममा २ सय १२, नुवाकोटमा १ सय ८४, रसुवामा १ सय ४०, गोरखामा ७२, धादिङमा ६३ र तनहुँमा ३८ जनाको शव फेला परेको छ।

बाढी तथा विपद्का क्रममा हालसम्म ५ हजार ३ सय ९७ जना घाइते भएका छन्। घाइतेहरूको विभिन्न अस्पतालका साथै नेपाली सेना र सशस्त्र प्रहरी बलका स्वास्थ्यकर्मीमार्फत उपचार भइरहेको छ।

उद्धार कार्यलाई तीव्र बनाउँदै सुरक्षा निकायले हालसम्म १३ हजार ९३ जनालाई सुरक्षित स्थानमा पुर्‍याएका छन्। शुक्रबार त्रिशूली–३ ए जलविद्युत् आयोजनाको सुरुङबाट दुई जनालाई जीवितै उद्धार गरिएको प्राधिकरणले जनाएको छ।

उद्धार तथा राहत कार्यमा नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरले समेत निरन्तर सहयोग गरिरहेका छन्। हालसम्म नेपाली सेनाले ८ सय ३० पटक र निजी क्षेत्रले १ सय २९ पटक हेलिकप्टर उडान गरेका छन्। उद्धार गरिएकामध्ये ३ सय ३ जना विदेशी नागरिक रहेका छन्।

विपद् व्यवस्थापन तथा उद्धारका लागि देशभर २१ हजार ४ सय २१ सुरक्षाकर्मी परिचालन गरिएको छ। परिचालित सुरक्षाकर्मीमध्ये नेपाली सेनाका ९ हजार २ सय ८७, नेपाल प्रहरीका ७ हजार ९ सय ३१ र सशस्त्र प्रहरी बलका ४ हजार २ सय ३ जना रहेका छन्।

प्राधिकरणका अनुसार हालसम्म ५ हजार ८३ जना सम्पर्कविहीन रहेका छन्। सम्पर्कविहीनमध्ये ५ सय ८३ जना विदेशी नागरिक छन्। रसुवामा २ हजार १ सय ३० र नुवाकोटमा २ हजार ३ सय ४० जना सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ।

प्राधिकरणले सम्पर्कविहीनको संख्यामा पहिचान हुन बाँकी शवसमेत समावेश भएको हुनसक्ने जनाएको छ। त्यसैले उद्धार, खोजी तथा सनाखतको कामसँगै सम्पर्कविहीनको वास्तविक संख्या यकिन गर्ने प्रयास भइरहेको छ।

करोडौँको भौतिक तथा आर्थिक क्षति

प्रारम्भिक मूल्यांकनअनुसार बाढी तथा अन्य विपद्बाट ७ हजार ५ सय ७० निजी घरमा क्षति पुगेको छ। त्यस्तै, ४८ सरकारी संरचना, १८ विद्यालय र ७ स्वास्थ्य संस्थामा पूर्ण तथा आंशिक क्षति भएको छ।

यातायाततर्फ ५५ किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। बाढी तथा पहिरोका कारण ३७ वटा मोटरेबल पुल र ६८ वटा झोलुङ्गे पुलमा समेत क्षति पुगेको छ।

प्राधिकरणका अनुसार विपद्बाट भएको कुल आर्थिक क्षति तथा नोक्सानी ३ खर्ब ८७ अर्ब ५४ करोड रुपैयाँ पुग्ने प्रारम्भिक अनुमान गरिएको छ। प्रभावित क्षेत्रको शीघ्र पुनर्लाभका लागि मात्रै ७ अर्ब १५ करोड रुपैयाँ आवश्यक पर्ने देखिएको छ।

प्रभावित क्षेत्रमा राहत तीव्र

सरकारले प्रभावित क्षेत्रमा राहत सामग्री पुर्‍याउने कामलाई प्राथमिकता दिएको छ। काठमाडौंबाट ६९ ट्रक र ३८ बोलेरोमार्फत खाद्यान्न तथा गैरखाद्य सामग्री प्रभावित क्षेत्रमा पठाइएको छ।

सशस्त्र प्रहरी बलले १ सय ६३ हवाई उडानमार्फत नुवाकोट र रसुवामा राहत सामग्री पुर्‍याएको छ। सरकारले रसुवा र नुवाकोटलाई १/१ करोड रुपैयाँ, धादिङलाई ५० लाख रुपैयाँ तथा प्रभावित १५ स्थानीय तहलाई १३ करोड ५० लाख रुपैयाँ नगद राहत उपलब्ध गराएको छ।

सञ्चार सेवा पनि क्रमशः सञ्चालनमा

बाढीका कारण अवरुद्ध भएका सञ्चार सेवाहरू पनि क्रमशः सञ्चालनमा आउन थालेका छन्। नेपाल टेलिकमका १ सय २० वटा टावरमध्ये १ सय १६ वटा सञ्चालनमा आइसकेका छन्। त्यस्तै, एनसेलका ७८ वटा टावरमध्ये ७५ वटा सञ्चालनमा आएका छन्।

प्राधिकरणले सम्पर्कविहीन विदेशी नागरिक तथा उद्धार गरिएका व्यक्तिहरूको विस्तृत विवरण आफ्नो आधिकारिक वेबसाइट र फेसबुक पेजमार्फत सार्वजनिक गरिएको जनाएको छ।

विपद्पछि प्रभावित क्षेत्रमा खोजी तथा उद्धार, घाइतेको उपचार, राहत वितरण, सम्पर्कविहीनको खोजी र क्षतिको विवरण संकलन गर्ने कामलाई निरन्तरता दिइएको छ। प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउँदै पुनःस्थापना तथा पुनर्निर्माणको काम अघि बढाउनुपर्ने चुनौती सरकारसामु देखिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४