Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रसुवा बाढी : मृत्यु हुनेको संख्या १,२५९ पुग्यो, ५ हजारभन्दा बढी अझै सम्पर्कविहीन


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, भाद्र १८ २०८३
  • 646
    SHARES

काठमाडौँ- रसुवामा आएको भीषण बाढीका कारण हालसम्म १ हजार २५९ जनाको मृत्यु भएको पुष्टि भएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भदौ १८ गते साँझ ७:०० बजेसम्मको विवरण सार्वजनिक गर्दै विभिन्न जिल्लाबाट मानव अङ्गसहित १ हजार २५९ वटा शव फेला परेको जनाएको छ।

फेला परेका शवहरूमध्ये हालसम्म ९५ वटाको मात्र सनाखत भई आफन्तलाई बुझाइएको छ। चितवनबाट सबैभन्दा बढी ३५५, नुवाकोटबाट १७७, रसुवाबाट १२७, धादिङबाट ६०, गोरखाबाट ७२, तनहुँबाट ३८, नवलपरासी पूर्वबाट २१८ र नवलपरासी पश्चिमबाट २१२ वटा शव भेटिएका छन्।

प्राधिकरणका अनुसार बाढी प्रभावित क्षेत्रबाट अझै करिब ५ हजार ८३ जना व्यक्तिहरू सम्पर्कविहीन रहेका छन्। जिल्ला प्रशासन कार्यालय रसुवाको अद्यावधिक विवरणअनुसार करिब २ हजार १३० जना, नुवाकोट प्रशासनको विवरणअनुसार २ हजार ३४० जना तथा ५८३ जना विदेशी नागरिक बेपत्ताको सूचीमा छन्।

यसैगरी विपद्‌मा परी घाइते भएका ५ हजार ३८४ जनाको उपचार गरिएको छ, जसमा नेपाली सेनाबाट ३ हजार २०६ जना, सशस्त्र प्रहरीबाट १,८७४ जना तथा विभिन्न अस्पतालहरूमा ३०४ जनाको उपचार भइसकेको छ।

उद्धार कार्यलाई तीव्रता दिँदै सुरक्षा निकायले हालसम्म १२,०३८ जनाको सकुशल उद्धार गरेको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी कुल २१,४०२ जना सुरक्षाकर्मी खोजी तथा उद्धारमा खटिएका छन्। सेनाले हवाई उडानमार्फत २७३ विदेशी नागरिक, ३,६५३ नेपाली तथा स्थलगत रूपमा २०० जनाको उद्धार गरेको छ। उद्धारका क्रममा नेपाली सेनाले ७८५ पटक र निजी क्षेत्रबाट १२९ पटक हवाई उडान सम्पन्न भएका छन्।

उद्धार गरिएकामध्ये ३,८४४ जना हाल होल्डिङ सेन्टरमा छन्, जसमा नुवाकोटमा २,९८१, धादिङमा २६० र रसुवामा ६०३ जना रहेका छन्।

बाढी प्रभावित क्षेत्रमा हालसम्म काठमाडौँबाट ६९ वटा ट्रक, ३८ वटा बोलेरो र ९ वटा हेलिकप्टर उडानमार्फत खाद्य तथा गैरखाद्य राहत सामग्री ढुवानी गरिएको छ। साथै, सशस्त्र प्रहरीले नुवाकोट र रसुवामा १६३ वटा हवाई उडानमार्फत राहत सामग्री पुर्‍याएको छ।

सरकारले राहत वितरणलाई प्रभावकारी बनाउन रसुवा र नुवाकोट जिल्लाका लागि १/१ करोड रुपैयाँ, धादिङका लागि ५० लाख रुपैयाँ तथा प्रभावित १५ वटा पालिकाका लागि कुल १३ करोड ५० लाख रुपैयाँ नगद राहत विनियोजन गरेको छ। हाल प्रभावित क्षेत्रमा सञ्चार र इन्धन आपूर्ति पनि क्रमशः सामान्य बन्दै गएको प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४