Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

धादिङ र मकवानपुरसहित देशका ४८ जिल्लामा आज आकस्मिक बाढीको जोखिम (सूचीसहित)


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, भाद्र १८ २०८३
  • 1.2K
    SHARES

काठमाडौं । भारी वर्षासँगै धादिङ र मकवानपुरसहित देशका ४८जिल्लामा बिहीबार आकस्मिक बाढीको जोखिमको पूर्वानुमान गरिएकाे छ।

बाढी पूर्वानुमान महाशाखाले कतिपय साना-ठूला नदीमा पानीको बहाव उल्लेख्य रुपमा बढ्ने सम्भावना रहेको जनाएको हाे। रसुवा र नुवाकोट भई बहने भोटेकोशी, त्रिशूली तथा ससाना खोलामा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान गरिएकाे छ। साेही जिल्लामा आकस्मिक बाढीको उच्च सम्भावना रहेको महाशाखाले जनाएको हाे। रसुवा बाढीपश्चात हाल भोटेकोशी र त्रिशूली नदीको बहाव शतर्कता तह भन्दा तल रहेता पनि उच्च शतर्कता अपनाउनुपर्ने देखिएकाे छ।

महाशाखाले बिहीबार ताप्लेजुङ, पाँचथर, तेह्रथुम, संखुवासभा, धनकुटा, भोजपुर, सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, उदयपुर, दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौं, धादिङ, मकवानपुर, चितवन, गोरखा, तनहुँ, लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी, कास्की, स्याङ्जा, पर्वत, डोल्पा, रुकुम पूर्व, रुकुम पश्चिम, सल्यान, जाजरकोट, सुर्खेत, दैलेख, कालीकोट, मुगु, हुम्ला, जुम्ला, अछाम, बझाङ, बाजुरा, डडेलधुरा, बैतडी, दार्चुला र कञ्चनपुर आसपासका जिल्ला भई बहने स–साना नदीमा पनि बहाव उल्लेख्य बढ्ने पूर्वानुमान गरेकाे हाे।

महाशाखाले यी जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेको जनाएको छ। सप्तकोशी, नारायणी, कर्णाली र महाकाली लगायत ठूला नदीमा पनि बहाव उल्लेख्य बढ्ने महाशाखाको पूर्वानुमान छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४