Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपालको सानो गोसाइँकुण्ड रत्नचुडेश्वर महादेव पोखरीमा दर्शनार्थीको भीड


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, भाद्र १२ २०८३
  • 741
    SHARES

काठमाडौं । नेपालको सानो गोसाइँकुण्डका रूपमा मानिने भक्तपुर चाँगुनारायण नगरपालिका–६ नगरकोटस्थित रत्नचुडेश्वर महादेव पोखरी कुण्डमा आज बिहानैदेखि नै भव्य मेला लागेको छ ।

रसुवाको गोसाईकुण्ड जान नसकेका र जान नपाएका भक्तजनहरू रत्नचडेश्वर महोदवपोखरीमा महादेव पोखरी मन्दिरमा आएर कुण्डमा स्नान गरी महादेवको पूजा गरेमा पुण्य प्राप्त हुने, रोग नाश हुने मनोकाङ्क्षा पूरा हुने मान्यता रहेकाले परम्परादेखि नै यहाँ हरेक जनै पूर्णिमाको दिनमा भीड लाग्ने गर्दछ ।

चाँगनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले समुन्द्र मन्थन गर्दा महादेवले विषपान गरेर छटपटिएर हिँड्दा नगरकोटको रत्नचुडेश्वरमा आएर त्रिसूलले खोपेर पानी निकालेर शयन गर्दा पनि शान्त नभएपछि रसुवाको गोसाइँकुण्ड पुगेर त्रिसूलले खोपर तलाउमा सुतेपछि शान्त भएको किम्वदन्ती रहेको बताए ।

यहाँको धार्मिक महत्त्व धेरै रहेको बताउँदै उहाँले महादेवको पोखरीमा गोसाइँकुण्डको पानी आउने जनविश्वास रहेको र गोसाइँकुण्ड जान नसक्नेहरू यहाँ आएर दर्शन गर्दा पनि गोसाई कुण्ड पुगे बराबराको पुण्य प्राप्त हुने जनविश्वास रहेको बताए ।

हरेक वर्षको जनैपूर्णिमामा लाग्ने मेला भर्न यहाँ मध्यरातिदेखि नै दर्शनार्थीको भीड लाग्ने गरेको चाँगुनारायण नगरपालिका–६ का वडाध्यक्ष धनबहादुर लामाले जानकारी दिए । महादेव पोखरी कुण्डमा मेला भर्न दिनभरि नै भीड लागेको भन्दै उनले हिन्दू र बौध धर्मावलम्बीहरूले मेला भर्न आएको बताए ।

काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रे, नाल्दुम, बनेपा, पनौतीदेखिका मानिस मेला भर्न आएको बताउँदै वडाध्यक्ष लामाले रसुवाको गोसाइँकुण्डको पानी यहाँको कुण्डमा आउने जनविश्वास रहँदै आएकाले सयौं वर्षदेखि यहाँ मेला लाग्दै आएको बताए ।

उनले रातिदेखि नै हिन्दू र बौद्ध धर्मापलम्बीहरू विभिन्न झाकीसहित पूजा गरेका छन् । उनका अनुसार आज यहाँका बासिन्दाले महादेवलाई नयाँ मकैसमेत चढाउने गर्दछन् । यसवर्ष फलेको मकै आज चढाएपछि मात्रै स्थानीयले खाने गर्दछन् ।

कालदहमा भीड
आजै भक्तपुर नगरपालिका व्यासीमा रहेको कालदहमा बिहानैदेखि भव्य मेला लागेको छ । भक्तपुर नगरपालिका व्यासी औद्योगिक क्षेत्रस्थित कालदहमा स्नान गरेर बीचमा रहेको महादेवको पूजा गर्दा छालालगायत शरीरमा भएको रोग निको हुने धार्मिक विश्वास रहँदै आएको छ । आज विशेष गरी यहाँ भक्तपुरका नेवार समुदायले स्नान तथा पूजा गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४