Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नुवाकोटकाे विदुरमा प्रहरीकाे माइकिङ, नदी नजिक नजान नागरिकलाई अनुरोध


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, भाद्र १२ २०८३
  • 950
    SHARES

काठमाडौं । नुवाकोटको विदुर क्षेत्रमा प्रहरीले माइकिङ गर्दै सर्वसाधारणलाई नदी तथा खोलानजिक नजान आग्रह गरेको छ।

रसुवातर्फबाट फेरि बाढी आउन सक्ने सूचना प्राप्त भएपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै प्रहरीले विदुरका विभिन्न क्षेत्रमा माइकिङ गरेको हो। प्रहरीले नदी आसपासका क्षेत्रमा अनावश्यक रूपमा नजान, सुरक्षित स्थानमा बस्न तथा जोखिमयुक्त क्षेत्रमा आवतजावत नगर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।

प्रहरीले विशेषगरी नदी किनार, खोला तथा बाढीको सम्भावना भएका क्षेत्रमा नजान आग्रह गर्दै स्थानीयवासीलाई सतर्क रहन अपिल गरेको छ। पछिल्लो समय भोटेकोशी नदीमा आएको बाढीका कारण ठूलो मानवीय तथा भौतिक क्षति भएकाले पुनः बाढीको सूचना प्राप्त भएपछि सुरक्षा सतर्कता बढाइएको हो।

यसैबीच, यही भदौ १० गते भोटेकोशी नदीमा अचानक आएको बाढीले रसुवा, नुवाकोट र धादिङ जिल्लामा ठूलो जनधनको क्षति गरेको थियो। बाढीका कारण विभिन्न स्थानमा मानिसहरू प्रभावित भएका थिए भने सडक, पुल तथा अन्य भौतिक संरचनामा समेत क्षति पुगेको थियो।

अघिल्लो बाढीबाट प्रभावित क्षेत्रमै पुनः बाढीको जोखिम देखिएपछि स्थानीय प्रशासन तथा सुरक्षा निकायले सम्भावित जोखिम न्यूनीकरणका लागि निगरानी र सतर्कता बढाएका छन्।

प्रहरीले कुनै पनि किसिमको जोखिम देखिएमा तुरुन्त सुरक्षित स्थानमा जान तथा स्थानीय प्रशासन र सुरक्षा निकायले जारी गरेका सूचनालाई पालना गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४