Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राष्ट्रिय विपत्तिमा सबै राजनीतिक दल सरकारसँगै छौँः गगन थापा


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, भाद्र ११ २०८३
  • 551
    SHARES

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय विपत्तिको समयमा नेपालका सबै राजनीतिक दल सरकारसँगै रहेको बताएका छन् ।

बिहीबार बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले विपत्तिको समयमा नेपालका राजनीतिक दलहरू एक ठाउँमा उभिएर काम गर्ने परम्परा रहेको बताए ।

विपत्तिको घडीमा राज्यका सबै संयन्त्रसँगै राजनीतिक दल, निजी क्षेत्र तथा सामाजिक संघ–संस्थालाई समेत परिचालन गर्नुपर्ने उनले बताए । अहिले बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार र तत्काल राहत पुर्‍याउन सबै पक्ष जुट्नुपर्ने उनको भनाइ छ ।

बैठकमा गृहमन्त्रीले विपद् प्रभावित क्षेत्रमा पार्टीका कार्यकर्तालाई परिचालन गर्न आग्रह गरेको जानकारी दिँदै थापाले राजनीतिक दलका कार्यकर्ता परिचालन गर्न आफूहरू तयार रहेको बताए । उनले सबै राजनीतिक दलका कार्यकर्तालाई सडक सफा गर्ने तथा खोज र उद्धार कार्यमा सहभागी हुन आग्रह गरे ।

सरकारको आग्रहअनुसार नेपाली कांग्रेसले आफ्ना विपद् व्यवस्थापन संरचनामार्फत कार्यकर्ता परिचालन गर्ने जानकारीसमेत थापाले दिए ।

‘हामीले हाम्रो तर्फबाट आज भनेका छौँ, यस्तो बेलामा राज्यले सबै संयन्त्रहरू परिचालित गरिर गरिरहेको छु भनिरहँदै गर्दा सँगसँगै के पनि ख्याल गर्नुपर्छ भने राज्यसँग भइरहेका नियमित अवस्थामा राज्यसँग भइरहेका साधनहरूभन्दा बाहेकका सबै पनि राज्यकै हो । हामी सबै पनि राज्यकै हो । त्यसैले यो बेलामा हामीहरू सबैलाई जसरी राज्यले परिचालित गर्न चाहन्छ, त्यसरी उसले परिचालित गर्न पाउँछ र हामी तयार छौँ,’ थापाले भने ।

गृहमन्त्रीले विपद् प्रभावित क्षेत्रमा सडक सफा गर्न तथा खोज र उद्धारका लागि पार्टीका कार्यकर्ता परिचालन गर्न आग्रह गरेको उनले बताए ।

‘हामी यहाँ भएको छलफलको आधारमा अहिले जे आवश्यकता छ, त्यही आवश्यकता अनुसार हामी आफ्नो आफ्नो पार्टीभित्र जुन विपत्का हाम्रा आफ्ना संरचनाहरू बनाएका छौँ, ती संरचनाहरूमा अहिले सरकारले भनेकै कुराहरूसँग समन्वय गरिकन हामी आफ्ना कुराहरू परिचालित गरिहाल्छौँ,’ उनले भने ।

विपत्तिको समयमा निजी क्षेत्र, राजनीतिक दल तथा सामाजिक संघ–संस्थासहित सबैलाई राज्यले आफ्नो शक्तिका रूपमा परिचालन गर्नुपर्नेमा थापाले जोड दिए ।

‘किनकि सरकारसँग भएको स्रोत र साधनबाट मात्रै यत्रो ठूलो प्राकृतिक विपत्तिपछिको अवस्थामा काम गर्ने कुरा सम्भव नै हुँदैन । हामी भए पनि सम्भव हुँदैन, जो भएपनि सम्भव हुँदैन,’ उनले भने ।

सरकारसँग उपलब्ध स्रोत–साधनबाट मात्रै ठूलो प्राकृतिक विपत्तिपछिको उद्धार तथा राहत सम्भव नहुने भन्दै थापाले सहयोगी सबैलाई राज्यले तोकेको एकद्वार प्रणालीमार्फत आवश्यक सहयोग गर्न आग्रह गरे ।

थापाले नेपाली कांग्रेसले पनि बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सरकारी कोषमा आवश्यक रकम सहयोग गर्ने जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४