Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अरनिको राजमार्गको कोदारी खण्ड एक महिनापछि सञ्चालन


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, भाद्र ८ २०८३
  • 836
    SHARES

काठमाडौं । अविरल वर्षा र पहिरोका कारण करिब एक महिनादेखि अवरुद्ध रहेको अरनिको राजमार्गको कोदारी खण्ड सञ्चालनमा आएको छ ।

सडक डिभिजन कार्यालय चरिकोटको निरन्तर प्रयासपछि उक्त सडक खण्डको अवरोध हटेको हो । सडक डिभिजन कार्यालय चरिकोटका प्रमुख नारायणदत्त भण्डारीका अनुसार राजमार्ग सुचारु गर्ने क्रममा एक हप्ताअघि सोही सडक खण्डको अर्को पहिरो सफा गरिएको थियो । हाल टोलीले सीमा क्षेत्र नजिकै रहेको लिपिङ पहिरो पन्छाउने कार्यलाई तीव्रता दिएको छ ।

लिपिङ क्षेत्रमा पहिरोका कारण १० देखि १२ वटा घरहरू उच्च जोखिममा रहेका उनले बताए । डिभिजन प्रमुख भण्डारीले सडकलाई पूर्ण रूपमा सुचारु गर्ने काम भइरहेको जानकारी दिए ।

उनले भने, ‘आज हामीले करिब एक महिनादेखि अवरुद्ध रहेको अरनिको राजमार्गको कोदारी पहिरो, जसलाई ठुलो पहिरो पनि भनिन्छ, यो खोल्न सफल भएका छौँ ।’

लिपिङमा जारी कार्य सम्पन्न भए लगत्तै सीमा क्षेत्रसम्मकै यातायात पूर्ण रूपमा सुचारु हुने उनको भनाइ छ । चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानी झन्डै डेढ महिनापछि पुनः सञ्चालनमा आउने तयारीमा पुगेको छ ।

अविरल वर्षापछि आएको पहिरोका कारण कोदारी राजमार्गको विभिन्न खण्ड अवरुद्ध भएपछि गत साउनदेखि यो नाका बन्द रहेको थियो । लिपिङमा पहिरोले सडकमुनिको जमिन बगाएको र भोटेकोसी नदीको निरन्तर कटानका कारण पुनर्निर्माण कार्य जटिल बनेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४