Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विमानस्थलबाट भन्सार छलीका मोबाइल र पहेँलो धातु बरामद


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, भाद्र ८ २०८३
  • 741
    SHARES

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट भन्सार छली गरी ल्याइएका मोबाइल र ल्यापटपका पार्टपूर्जा, सूर्तीजन्य पदार्थ (चुरोट) र पहेँलो धातु बरामद गरिएको छ ।

विमानस्थल सुरक्षा कार्यालयका अनुसार चाइना इस्टर्न एयरलाइन्सको उडानमार्फत नेपाल आएका चिनियाँ नागरिक छन् झुसनको साथबाट बिलबिजक नभएका मोबाइल तथा ल्यापटप, ल्यापटपका पार्टपुर्जासहित डिस्प्ले, कभरलगायत सामग्री तथा सूर्तीजन्य पदार्थ (चुरोट) बरामद गरिएको हो ।

अन्तरराष्ट्रिय आगमन भन्सार क्षेत्रबाट बाहिर निस्किने क्रममा शङ्का लागि सोधपुछ तथा जाँच गर्दा निजको साथबाट करिब रु ७२ लाख २५ हजार बराबरको ती सामग्री बरामद गरिएको विमानस्थल सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिए ।

त्यस्तै कतारको दोहाबाट नेपाल एयरलाइन्समार्फत काठमाडौं आएका यात्रु प्रयोग गरी सुन ओसारपसार भएको भन्ने सूचनाका आधारमा विमानस्थलको अन्तरराष्ट्रिय पार्किङ क्षेत्रबाट धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५का ३५ वर्षीय कृष्ण यादव पक्राउ परेका सिलवालले बताए ।

बाह्य मुलुकबाट आगमन भएका तीन जना यात्रुलाई प्रयोग गरी भन्सार छली ल्याएको सुनजस्तो देखिने पहेँलो धातुको सिक्री तीन थान, अन्दाजी ७५ ग्रामसहित उक्त सामग्री ल्याइदिने व्यक्तिलाई ज्यालाबापत दिनका लागि रु ३० हजारसहित निजलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । निजलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय बुझाइएको विमानस्थल सुरक्षा कार्यालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४