Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘जेनजी’ विद्राेहकाे वार्षिकोत्सवमा प्रधानमन्त्री शाहले देशवासीका नाममा सम्बोधन गर्नुपर्छ: रास्वपा सांसद खतिवडा


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, भाद्र २ २०८३
  • 551
    SHARES

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रचना खतिवडा खत्रीले आगामी भदौ २३ गते ‘जेनजी’ विद्राेहको एक वर्ष पूरा हुन लागेको अवसरमा प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्नुपर्ने माग गर्नुभएको छ।

प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै सांसद खत्रीले उक्त विद्राेहमार्फत युवाहरूले भ्रष्टाचारको अन्त्य, सुशासन र सुरक्षित भविष्यका लागि दिएको बलिदानको स्मरण गराउनुभएकाे हाे । उहाँले सोही दिन प्रधानमन्त्री बालेन्द्र शाहले शहीदहरूको सम्मानमा विशेष सम्बोधन गर्ने अपेक्षा राखेको बताउनुभयो । सांसद खत्रीले विद्राेहका कति मागहरू पूरा भए, घाइतेहरूको अवस्था कस्तो छ र भ्रष्टाचारीहरूमाथि कारबाहीको प्रक्रिया कहाँ पुग्यो भन्ने विषयमा सरकारले स्पष्ट पार्नुपर्ने बताउनुभएकाे छ।

वर्तमान सरकार भदौ २३ को बलिदानकै जगमा बनेको बताउदै उहाँले उक्त दिन प्रधानमन्त्री शाहले देशव्यापी रूपमा शहीदहरूको नाममा सम्बोधन गर्दै जनतालाई स्पष्ट जवाफ दिनुपर्नेमा जोड दिनुभयो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४