Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कर्णाली सरकारले जाजरकोटका पहिरो प्रभावितको तथ्याङ्क सङ्कलन गर्ने


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, भाद्र १ २०८३
  • 1.1K
    SHARES

काठमाडौं। कर्णाली प्रदेश सरकारले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा गएको पहिरोबाट प्रभावित परिवारको यथार्थ तथ्याङ्क सङ्कलन गरेर राहत, पुनःस्थापना र पुनर्निर्माणका कार्यक्रम तत्काल अघि बढाउने निर्णय गरेको छ।

प्रदेश सरकारका सचिव लक्ष्मीकुमार विकका अनुसार पहिरोबाट भएको जनधनको क्षतिको विस्तृत विवरण सङ्कलनपछि त्यसकै आधारमा राहत वितरण, क्षतिग्रस्त संरचनाको पुनर्निर्माण तथा प्रभावित परिवारको पुनःस्थापनाका योजना कार्यान्वयन गरिनेछ।

मृतक परिवारलाई बिमामार्फत राहत

प्रदेश सरकारले पहिरोमा ज्यान गुमाएकाका परिवारलाई दुर्घटना बिमामार्फत राहत उपलब्ध गराउने निर्णय गरेको छ। साथै घाइतेहरूको उपचारका लागि आवश्यक सबै प्रबन्ध मिलाइने र उपचारमा कुनै समस्या हुन नदिने जनाएको छ।

घर र विद्यालय पुनर्निर्माण हुने

पहिरोबाट पूर्ण तथा आंशिक रूपमा क्षति पुगेका घर तथा विद्यालयको पुनर्निर्माण र मर्मत कार्यलाई प्राथमिकतामा राखिने भएको छ। पूर्ण रूपमा क्षति भएका घरधुरीलाई उपलब्ध गराइने अस्थायी आवास अनुदान यथाशीघ्र उपलब्ध गराउन आवश्यक पहल गर्ने निर्णयसमेत प्रदेश सरकारले गरेको छ।

किसानलाई पनि सहयोग

पहिरोबाट पशुपन्छी, खेतीबाली तथा कृषि क्षेत्रमा पुगेको क्षतिको समेत विस्तृत विवरण सङ्कलन गरिनेछ। उक्त विवरणका आधारमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमार्फत आवश्यक राहत तथा सहयोग उपलब्ध गराइने सचिव विकले बताए।

अवरुद्ध सडक खुलाउन समन्वय

जाजरकोटसहित कर्णाली प्रदेशका विभिन्न जिल्लामा पहिरोका कारण अवरुद्ध भएका राजमार्ग र अन्य सडकहरू यथाशीघ्र सञ्चालनमा ल्याउन भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले सम्बन्धित निकायसँग समन्वय गर्ने निर्णय पनि गरिएको छ।

राहत वितरणमा प्रशासनसँग समन्वय

विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउन सम्बन्धित क्लस्टरहरूको बैठक सम्बन्धित मन्त्रालयले आयोजना गर्नेछ। राहत सामग्री वितरण गर्दा जिल्ला प्रशासन कार्यालय, जाजरकोटसँग समन्वय गर्ने जिम्मेवारी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले लिने निर्णय भएको प्रदेश सरकारले जनाएको छ।

प्रदेश सरकारले प्रभावित क्षेत्रका सबै परिवारको यथार्थ अवस्था पहिचान गरी राहत, पुनःस्थापना र पुनर्निर्माणका कामलाई तीव्र रूपमा अघि बढाउने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४