Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आइतबार काठमाडौँका यी ७ स्थानबाट हुँदै छ ग्यास वितरण, कुन ब्रान्ड कहाँ पाइन्छ ?


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, साउन ३० २०८३
  • 1K
    SHARES

काठमाडौं। खाना पकाउने एलपी ग्यासको अभावका कारण समस्यामा परेका काठमाडौं उपत्यकाका उपभोक्ताका लागि नेपाल आयल निगमले विशेष वितरण अभियान सञ्चालन गर्ने भएको छ। निगमले भोलि आइतबार (साउन ३१) बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म काठमाडौंका सात स्थानबाट विभिन्न ब्रान्डका ग्यास सिलिण्डर बिक्री तथा वितरण गर्ने जनाएको हो।

जिल्ला प्रशासन कार्यालय काठमाडौं र ग्यास उद्योगीहरूसँगको समन्वयमा सञ्चालन हुने यो अभियान नियमित बिक्रेताबाट ग्यास प्राप्त गर्न नसकेका तथा अत्यावश्यक परेका उपभोक्तालाई लक्षित गरिएको निगमले जनाएको छ।

निगमका अनुसार ग्यास खरिद गर्न जाने उपभोक्ताले नागरिकता प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र साथमा लिएर तोकिएको वितरण केन्द्रमा उपस्थित हुनुपर्नेछ। अत्यधिक भीड र अनावश्यक खरिद रोक्न आवश्यक परेकाहरूलाई मात्र केन्द्रमा आउन आग्रह गरिएको छ।

कहाँ–कहाँ पाइन्छ ग्यास ?

भोलि सञ्चालन हुने सातवटा वितरण केन्द्रमा उपलब्ध हुने ब्रान्डहरू यसप्रकार छन् :

निगमको टेकु परिसर – नेपाल, एचपी, एभरेष्टरसुगम, श्रीराम र सगर

पशु सेवा शाखा, चपली (बुढानीलकण्ठ) – नेपाल, एचपी र भानु

राधास्वामी परिसर, कीर्तिपुर – नेपाल, एचपी, एभरेष्टरसुगम, श्रीकृष्ण, साइबाबा र श्रीमाया

नयाँ बजार जुडो हल परिसर – नेपाल, एचपी र ओम

तारकेश्वर नगरपालिका परिसर – नेपाल र एचपी

चन्द्रागिरी नगरपालिका कार्यालय – लोकप्रिय, नेपाल, एचपी र श्रीमाया

राष्ट्रिय क्षयरोग केन्द्र, ठिमी – नेपाल, एचपी, सूर्य, सगर, एभरेष्टरसुगम र एसटीसी

आपूर्ति नियमित भए पनि समस्या समाधानका लागि विशेष व्यवस्था

पछिल्ला केही दिनदेखि काठमाडौं उपत्यकामा ग्यास अभावको गुनासो बढेपछि निगमले विशेष वितरण केन्द्र सञ्चालन गर्ने निर्णय गरेको हो। निगमले एलपी ग्यासको आयात नियमित रूपमा भइरहेको र आधिकारिक बिक्रेतामार्फत पनि वितरण जारी रहेको जनाएको छ।

यद्यपि केही स्थानमा अस्थायी रूपमा आपूर्ति असन्तुलित हुँदा उपभोक्ताले समस्या भोग्नुपरेको भन्दै विशेष वितरण अभियानमार्फत तत्काल राहत दिने प्रयास गरिएको निगमको भनाइ छ।

निगमले ग्यास खरिदका लागि आउने उपभोक्तालाई आवश्यक कागजात साथमा ल्याउन, अनावश्यक भीड नगर्न र वास्तविक आवश्यकता भएका परिवारलाई प्राथमिकता दिन सहयोग गर्न अनुरोध गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४