Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधानमन्त्री र मन्त्रीलाई टिसर्ट लगाएर संसद आउन रोक लगाउन एमाले सांसद पोखरेलको माग


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, साउन २५ २०८३
  • 342
    SHARES

काठमाडौं । नेकपा (एमाले) का सांसद लक्ष्मीप्रसाद पोखरेलले संसदको गरिमा र मर्यादा कायम गर्न सांसद, प्रधानमन्त्री तथा मन्त्रीका लागि औपचारिक पोशाक अनिवार्य गर्न माग गर्नुभएको छ ।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद पोखरेलले संसदमा टिसर्ट, ज्याकेट, सर्ट, कुर्ता, ब्लाउज, सललगायतका अनौपचारिक पोशाकमा संसदको लोगो प्रयोग गर्न रोक लगाउनुपर्ने बताउनुभयो ।

उहाँले सांसदका लागि सांस्कृतिक वा राष्ट्रिय पोशाक अथवा औपचारिक पोशाक अनिवार्य गर्न सभामुख डोलप्रसाद अर्यालको ध्यानाकर्षण गराउनुभयो । प्रधानमन्त्री तथा मन्त्रीलाई समेत टिसर्ट लगाएर संसद् भवन प्रवेश गर्न रोक लगाउनुपर्ने उहाँको माग छ ।

संसदीय पोशाकसम्बन्धी अनुशासन कायम गर्न सभामुखबाट आवश्यक रुलिङ हुनुपर्नेमा जोड दिँदै सांसद पोखरेलले अन्य मुलुकका संसदमा पोशाकसम्बन्धी अभ्यासको उदाहरणसमेत प्रस्तुत गर्नुभयो ।

‘सन् २०२१ को फेब्रुअरी ९ मा न्युजिल्यान्डको संसदमा रविरी वैतिती नामका सांसदले उपनिवेशकालीन पोशाक भन्दै टाई लगाउन अस्वीकार गरेकाले उनलाई संसदीय रुलिङमार्फत सदनबाट निष्कासन गरिएको थियो,’ उहाँले भन्नुभयो ।

त्यस्तै, सन् २०२३ मा क्यानडाको संसदमा पोशाकसम्बन्धी मापदण्ड लागू गर्न संसदीय रुलिङ भएको उदाहरण दिँदै उहाँले नेपालमा पनि संसदको मर्यादा कायम गर्ने गरी स्पष्ट पोशाकसम्बन्धी व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

‘संसदको गरिमा कायम गर्न सांस्कृतिक पोशाक वा राष्ट्रिय पोशाक वा औपचारिक पोशाक अनिवार्य गरियोस् । प्रधानमन्त्री र मन्त्रीलाई टिसर्ट लगाएर संसदभित्र प्रवेश गर्न रोक लगाइयोस्,’ उहाँले भन्नुभयो ।

सांसद पोखरेलले कोट र हाफ कोटबाहेक टिसर्ट, ज्याकेट, सर्ट, कुर्ता, ब्लाउज, सललगायतका पोशाकमा संसदको लोगो प्रयोग गर्न रोक लगाउनुपर्ने मागसमेत गर्नुभयो ।

उहाँले संसदीय पोशाकसम्बन्धी स्पष्ट अनुशासन कायम गर्न सभामुखबाट आवश्यक रुलिङ जारी गर्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४