कोरोनाको त्रासले गर्दा चाडपर्वमा पारेको असर ।
विश्व स्थरमा फैलिएको महामारीले गर्दा अहिले सबै मुलक लगायत नेपालमा पनि पछिल्लो समय दिन प्रतिदिन कोरोना बढ्दै गइरहेको छ । आम नागरिकहरु घर भित्रै पिजडामा जस्तै त्रास पुर्ण जिवन बिताइ रहेका छन् । अझ नेपालमा धार्मिक तथा संस्कृतिक रुपमामा अधिक विश्वास राख्नु मुलक भित्रको एक हो । चाडपर्ब होस नहोस् सांझ विहान मन्दिर पुगेर बति बालेर मात्र घरमा पस्ने प्रचलन पनि रहेको छ । भने चाडपर्ब नजिकिए संगै प्रसिद्ध धार्मिक स्थलमा जाने प्रचलन भएता पनि यस वर्ष भने कोरोना संक्रमण फैलन सक्ने त्रासका कारण सबै मन्दिर दर्शन निषेध गरिएको छन । भने यस वर्ष कोरोना त्रासका कारणले सहज रुपमा पितृ कर्महरु गर्न सकेका छैनन् ।
वैदिक सनातन संस्करमा सामान्यतया पितृकर्म अर्थात श्राद्ध वर्षमा दुईपटक गर्ने गरिन्छ, वर्षमा नियमित श्राद्ध पिर्तृहरुको देहावसान भएको तिथीमा र अर्को श्राद्ध चाँही सोह्र श्राद्धको अवधिमा गरिन्छ । यस बर्षको सोह्र श्राद्धको शुरुवात भन्दा पनि अगाडिबाट नै कोरोनाले गर्दा मानव जिवनमा ठुलो त्रास पैदा भएको छ ।
सोह्र शाद्धको प्रारम्भसंगै अबका सकल पक्षहरु पितृ पक्षका स्वरुपमा आउने गर्दछन् । त्यस मध्यको प्रत्येक वर्ष आश्विन कृष्ण पक्षमा दिवंगत पितृका नाममा गरिने सोह्र श्राद्ध मध्यको राम्रो तिथि मान्ने गरिन्छ ।
दिवंगत पितृले पृथ्वी र स्वर्गको बिचमा भएको पितृ लोकमा रहेका सबै देवता समान पितृहरुको मोक्षको कामना सहित सकल पितृहरुले बैतर्नी नदि तर्न पाउन र घरमा सुख शान्ती होस भन्दै घरमै या विभन्नि धार्मिक स्थलमा गई पुजा अर्चना गर्न प्रचलन रहि आएको भएता पनि यस वर्ष पितृका नाममा गरिने पुजा आजामा पनि मन्दिरमा जुन भिड देख्न सकिन्थे त्यो भिड भन्दा पनि मन्दिरमा नै सुनुसान देख्न पाइन्छ ।
कोरोनाले गर्दा हरेक क्षेत्रमा जस्तै चाडपर्बमा पनि ठुलो असर पारेको छ । वर्षमा एक दिन आउने चाडपर्ब रिस, डाहा र दुख भुलेर रमाइलो गर्ने आशिष लिने दिने र रमाइलो संग मनाउने गरिन्छ । यद्यपी यस वर्षपनि कोरोना संक्रमणबाट बाच्न र बचाउन जो जहांछौ त्यहि बाट सुरक्षित र मर्यादित ढंगले चाडपर्ब मनाउन आवश्यक छ ।
क्यामेरामा निर्जन महतका साथमा जन आवाज टेलिभिजन रिपोटर नमुना दहाल कार्की काठमाडौ ।